Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

भर्ना अभियान लगत्तै जिशिकाद्वारा ७१ वुँदे निर्देशन

शुक्रबार, ०५ जेठ २०७४

काठमाडौैैं ५ जेठ/जिल्ला शिक्षा कार्यालय उदयपुरले शैक्षिक वर्ष २०७४ को भर्ना अभियान सञ्चालन गरे लगत्तै सामुदायिक विद्यालयमा अध्ययनर बालबालिकाहरुको सिकाइ उपलब्धि वृद्धि गरी विद्यालयको समग्र शैक्षिक वातावरणमा सुधार गर्न भन्दै जिल्लाका सबै सरकारी विद्यालयहरुलाई बिहीबार ७१ वुँदे निर्देशन जारी गरेको छ ।
सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले तत्काल शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गर्न र तोकिए अनुसारको सिकाइ उपलब्धि नपुर्याउने विषय शिक्षक र सम्बन्धित प्रअलाई शैक्षिक गुणस्तर बढाउने कार्ययोजनासहितको निर्देशन गरिएको सहायक जिशिअ भूपेन्द्र कोइरालाले बताए ।
उदयपुरमा चालू वर्षलाई शैक्षिक सुधारको महत्वपूर्ण वर्षको रुपमा राखेर सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउन कार्यालयले नियमित रुपमा विद्यालयहरुको अनुगमन, निरीक्षण, मूल्यांकन तथा सुधारका लागि विद्यालय व्यवस्थापन समिति, प्रअ र शिक्षकहरुलाई आवश्यक सुझाव र सहयोग समेत गर्न नीति तयार गरेको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।

 

प्रतिक्रिया