त्रिविमा दरबन्दी थपिँदै


काठमाडौं ६ जेठ/त्रिभुवन विविले सञचालन गरेको विशेष कार्यक्रमलाई नियमित बनाउन आगामी शैक्षिक सत्रदेखि लागू हुने गरी १ हजार ४ सय २० नयाँ दरबन्दी थप्ने भएको छ । विश्वविद्यालय कार्यकरी परिषद् बैठकले शिक्षक व्यवस्थापन गर्न दरबन्दी थप गर्ने निर्णय गरेको हो । चाहिने दरबन्दी नहुँदा विविमा पढाइने नयाँ विषयहरु महँगो भएको छ । परिषद्का सदस्य ताराप्रसाद सापकोटाले विवि अनुदान आयोगमा पठाएको बताए । रुबी रौनियारले नागरिकमा लेखेको खबर ।