Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

‘म त्यो किताबभित्र पसेको भए के हुन्थे होला ?’

शनिबार, ०६ जेठ २०७४

प्रायःजसो हजुरआमा, हजुरबुबाले भन्नुभएको कथा सुन्ने गर्थे सानो बेलामा । तिनै कथालाई मैले मेरो बुझाई अनुसार नै बुझेको थिएँ । ती कथाहरु सुन्दा आफैले कल्पना गरेर दिमागमा म छुट्टै ड्रइङ बनाउँथे । कलरफुल, म आफैं सोच्थेँ कि म त्यो किताबभित्र पसेको भए के हुन्थे होला ?, म के गर्थे ? हुँला, कथाको त्यो पात्रलाई परेको दुःख मलाई पनि परेको भए म अर्को जुक्ति लगाउँथे होला भन्ने सोच्थेँ ।
त्यो बेला रटानको पढाइ थियो, ए फर एप्पल भनेरै कण्ठ पार्नुपथ्र्यो । तर त्यो भनेको के हो? भन्ने उत्सुकता चाहिँ हुन्थ्यो । गृहकार्य गर्दा साहै्र रमाइलो हुन्थ्यो मलाई । मेरो बुबाआमाले मेरो दुईजना दिदीबहिनीप्रति शिक्षामा धेरै नै लगानी पनि गर्नुभयो र एउटा विश्वास पनि गर्नुभयो र मेरो एउटा जग पनि बनाइदिनुभयो । त्यो बेला सम्झना छ,  चश्मा लायो भने पढन्ते हुन्थ्यो, बच्चाहरु धेरै पढ्ने हुन्थ्यो, भन्ने थियो । अनि चश्मा लाउन मन नलागे पनि टाउको दुख्यो भन्दै चश्मा लाउन पायो भने टिचरले पनि राम्रोसँग पढ्थे, बुबाआमाले पनि राम्रोसित पढ्थे भन्ने सोच्थे, भन्ने लाग्थ्यो ।
सानो बेलामा पढाइमा जोड नदिएको भए म यो क्षणसम्म आउने नै थिइँन । म बिहे गरेर व्यक्तिगत जीवन बिताइरहेको हुन्थे । तर त्यो बेलामा मान्छेको एउटा लक्ष्य नभएको भए मेरो जिन्दगी नितान्त फरक हुन्थ्यो होला । मसित  अहिले कम्तिमा पनि ४०–४५ जना बच्चाहरु छन् । मैले  मेरोमात्र जिन्दगी बनाएको छैन, ४५ वटाको जिन्दगी मसँग छ ।

 

प्रतिक्रिया