Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

काज तालिममा मेरो पनि नाम राख्दिनु पर्याे

शनिबार, २० जेठ २०७४

घोराही दाङका सुरेश गौतमले शिक्षक शिर्षकको लघुथा लेखेका छन् ।लघुकथामार्फत् शिक्षकको मनोदशा पहिल्याएका छन् । हाम्रा शिक्षक कस्ता छन् ? भन्ने प्रश्नको उत्तर पनि लघुकथामार्फत् चित्रण भएको छ । सोही लघुकथा साताको शिक्षा साहित्यमा ।

उनि रत्तिभर खुशी छैनिन् । 
फतफताउँदै , दुनियाँलाई त्यै कमाईले पुग्या छ , छोराको भविष्य सोच्नु छैन । दुई ढाई बर्ष मात्रै त हो ! छोरालाई कैले यता कैले उता गरा’छ ।
उनको फतफत सुन्या नसुन्यै गरेर बाउछोरा साईकल लिएर लाग्यांै ।
बाबुु :तीनदिन भैसक्यो, कक्षामा बसेको देख्दैन नि बाहिरै हुन्छस्, को कस्ले पढाउनु हुन्छ ?
छोरा: ‘सरहरु नै एफसेन्ट हुनुहुन्छ ! म्याथ.., अंँग्रेजी.., साइन्स.., नेपाली शान्तराज सरले पढाउनुहुन्छ ।’
स्कुलमा सबै शिक्षकहरु गफिएर बसिरहेका हुन्छन् ।
शिक्षक कक्षाको तालिका हेरेर डस्टर र मार्कर लिन्छु, बाहिर निस्कँदै, ‘शान्तराज सर तपाई पढाउन जानुहुदँैन ?’ 
निकै गफिएर बसेको शान्तराजको अनुहार मलिनो हुन्छ, टाउको हल्लाएर जाने संकेत गर्छन् ।
स्कुल बेल बज्छ , कोही अफिसमै छन्, कोहि आउँदै छन् ।
शान्तराजले टेबलमा मार्कर डस्टर राखेर रुमालले पसिना पुच्छन् । 
हातमा पानीको गिलास लिएर नजिकै आइपुग्छन् । मतिर फर्कदै ठूलो स्वरले, ‘सर ! आज त म तपाइको छोराको कक्षामा गएर पढाएँ नि, छोरालाई सोध्नु होला ।’
सबैको नजर मतिर नै मोडिन्छन् ।
मलिन मुस्कानसहित जवाफ दिन्छु ,‘ए हो ।’
मनमा अनेक वितृष्णाहरु मडराउन लाग्यो, खै के भयो ,भयोे !
बाहिर निस्कन्छु , शौच जान्छु, मोबाइल झिकेर फोन गर्छु ।
तिमी गएर नाम लेखाइ देऊ, किताब कापी कुन के चाहिन्छ, म्यासेज गर म लिएर आउँछु ।
हलुको मन लिएर कोठाभित्र पस्छु, शिक्षासम्बन्धी शिक्षकको तालिमको कुरा चल्दै रहेछ । ल सर अब महिनामा २/४ दिन भए पनि काज तालिममा मेरो पनि नाम राख्दिनु पर्याे ।

प्रतिक्रिया