Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
गतिविधि

नृत्य प्रतियोगितामा डोलेश्वर पहिलो

सोमबार, २२ जेठ २०७४

भक्तपुर – भक्तपुरको सूर्यविनायकस्थित जोरपाटी मावि स्रोत केन्द्रमा रहेका विद्यालयहरुमा अध्ययन गरिरहेका विद्यार्थीबीच नृत्य प्रतियोगिता भएको छ ।
विद्यार्थीमा रहेको प्रतिभा पहिचान गर्न सहयोग पुग्ने अपेक्षाले जिल्ल शिक्षा कार्यालय भक्तपुरले आयोजना गरेको सो प्रतियोगितामा सिपाडोलको डोलेश्वर माविकी छात्रा तीर्थमाया तामाङ प्रथम, मदरल्याण्ड बोर्डिङ सेकेण्डरी स्कुलकी छात्रा पवित्रा बस्नेत द्धितीय र नंखेलको बाल गणेश ई. स्कुलकी छात्रा सिम्रन दाहाल तृतीय भइन् । 
सो क्षेत्रका संस्थागत र सामुदायिक गरी कूल १८ विद्यालयमा अध्ययन गरिरहेका विद्यार्थीबीच भएको प्रतियोगितामा विजयी विद्यार्थीलाई भक्तपुरका जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायामाझीले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरेका थिए । कार्यक्रममा विद्यालय निरीक्षक विमल निरौला, स्रोतव्यक्ति लक्ष्मी पाण्डे, निर्णायक सुवास बुढाथोकीलगायतले विद्यार्थीको प्रतिभा पहिचानका बारेमा चर्चा गरेका थिए । सो प्रतियोगिता सञ्चालनका लागि मदरल्याण्ड सेकेण्डरी स्कुलले व्यवस्थापनको जिम्मा लिएको कार्यक्रम संयोजक एवं मदरल्याण्ड स्कुलका प्रिन्सिपल सञ्जय खड्काले बताए ।

 

प्रतिक्रिया