Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

नृत्यमा एसएसका बनमाला प्रथम

मंगलबार, २३ जेठ २०७४

भक्तपुर- विद्यार्थीमा रहेको प्रतिभा पहिचान गरी उनीहरुको सर्वाङ्गीण विकासमा सहयोग पुर्याउन आयोजित नृत्य प्रतियोगितामा भक्तपुरका ताथलीकी रश्मी बनमालाले प्रथम स्थान हासिल गरेकी छन् । चाँगुनारायण नपाको ताथली र सुडालमा रहेका विद्यालयमा अध्ययनरत विद्यार्थीबीच भएको नृत्य प्रतियोगितामा ताथलीको एसएस सदन सेकेण्डरी स्कुलकी छात्रा बनमाला प्रथम भएकी हुन् । सो प्रतियोगिता जिल्ला शिक्षा कार्यालय ताथली स्रोत केन्द्रले आयोजना गरेको हो ।
छात्रा बनमालाले ‘आँखैमा राख्छु मेरो देश’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् । सोही प्रतियोगिताअन्तर्गत दोस्रो भने सुडाल थाकलमथको सरस्वती माविकी छात्रा गं्रगा परियार र तेस्रो सुडालकै महेन्द्रग्राम माविकी छात्रा सुमिना लामिछाने भइन् । प्रतियोगितामा विजयी विद्यार्थीलाई स्रोतव्यक्ति मञ्जु झाले पुरस्कार, प्रमाणपत्र र मेडल प्रदान गरिन् । स्रोतव्यक्ति झाले प्रतियोगितामा १० विद्यालयका छात्राहरुको सहभागिता रहेको बताइन् । 

 

प्रतिक्रिया