Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षक संगठनका केन्द्रीय सदस्यको निधन, संगठनद्धारा शोक ब्यक्त

सोमबार, २९ जेठ २०७४

काठमाडौं - नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य रामलाल सुनारको निधन भएको छ ।

सिद्धार्थ माध्यमिक विद्यालय हंसपुर, अर्घाखाँचीका पूर्व प्रधानाध्यापक सुनारलाई मेनेंजाइटिसको संक्रमण भएको थियो । उपचारार्थ सन्धिखर्कबाट भरतपुर लाने क्रममा आईतबार साँझ नवलपरासी जिल्लाको बर्दघाटमा उनको निधन भएको हो ।

नेपाल राष्ट्रिय शिक्षक संगठनले आफ्ना सदस्य सुनारको निधन प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । संगठनका महासचिव लक्ष्मण शर्माद्धारा जारी प्रेस विज्ञप्तिमा नेपाली शिक्षक आन्दोलनको अत्यन्त कठीन घडीहरुमा समेत अन्त्यन्त सुझबुझको साथ प्रभावकारी नेतृत्व प्रदान गर्नुहुने सुनारको मृत्युले संगठनले ठूलो क्षति ब्यहोरे को उल्लेख छ । दुःखद घडीमा शोक सन्तप्त परिवार, इष्टमित्र तथा स्थानीय समितिहरु प्रति संगठनले समवेदना प्रकट गरेको छ ।

प्रतिक्रिया