Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

विदेश जाने विद्यार्थीलाई परामर्श दिन कार्यविधि

सोमबार, २९ जेठ २०७४

काठमाडौं - नेपालबाट विदेशमा जान चाहने विद्यार्थीलाई दिईने परामर्श सेवालाई नियमन गर्न निर्देशिका एवं कार्यविधि बनाईने भएको छ । शिक्षा मन्त्री गोपालमान श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत अलिना वि टेपलिज बिच मंगलबार भएको भेटवार्तामा परामर्श सेवालाई निर्देशिका एवं कार्यविधि बनाएर नियमन गर्ने सहमती भएको शिक्षा मन्त्रालयले जनाएको छ ।

उच्च शिक्षामा उपलब्ध हुँदै आएको फूलव्राईट छात्रवृत्ति कार्यक्रमलाई थप ब्यवस्थित गर्ने र नेपालमा रहेका अमेरिकी बालबालिकालाई शिक्षा दिने लक्ष्य सहित सञ्चालन हुँदै आएको लिङ्कन स्कुलको सम्बन्धनका लागि आवश्यक ब्यवस्था मिलाउने बारेमा पनि छलफल भएको भेटवार्ता पश्चात मन्त्रालयका सहसचिव डा. हरीप्रसाद लम्सालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपाल अमेरिका सम्बन्धको ७० बर्षको उपलक्ष्यमा शिक्षा क्षेत्रमा थप कार्यक्रम सञ्चालन गरिने राजदूत अलिनाले बताएको उक्त विज्ञप्तिमा उल्लेख छ । मन्त्री श्रेष्ठले शिक्षा क्षेत्रमा अमेरिकी सरकारद्धारा हुँदै आएको सहयोग प्रति धन्यवाद दिदैं आगामी दिनमा थप कार्यक्रममा सहयोग गर्न अनुरोध गरेका थिए ।

सन् १९५४ देखि नेपालमा सञ्चालन हुँदै आएको पिस्कोर भोलेन्टियर कार्यक्रमलाई शिक्षा क्षेत्रमा पनि परिचालन गर्न मन्त्रालयमा सम्पर्क विन्दू तोक्ने बारेमा पनि भेटवार्तामा चर्चा भएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया