Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

एसईईको नतिजा सार्वजनिक(ग्रेडसिट सहित *)

शुक्रबार, ०२ असार २०७४

भक्तपुर – कक्षा १० को अन्तिम परीक्षा माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा शुक्रबार बिहान सार्वजनिक भएको छ ।

परीक्षामा नियमिततर्फ ४ लाख ४५ हजार ५ सय ६४ र एक्जाम्टेडतर्फ १६ हजार ५ सय ७२ जना उत्तीर्ण भएका छन् ।

सार्वजनिक नतिजाअनुसार नियमिततर्फ ३.६ देखि ४ जीपीए ल्याउने १२ हजार २ सय ८४, ३.२ देखि ३.६ जीपीए ल्याउने ४२ हजार ४ सय २७, २.८ देखि ३.२ जीपीए ल्याउने ५०  हजार ६  सय ४६, २.४ देखि २.८ जीपीए ल्याउने ६१  हजार ९ सय ५५, २.० देखि २.४ जीपीए ल्याउने ९१ हजार ३ सय १४, १.६ देखि २.० जीपीए ल्याउने १ लाख  ८  हजार ४ सय ६४, १.२ देखि १.६ जीपीए ल्याउने ६४ हजार ५ सय ७७ , ०.८ देखि १.२ ल्याउने ११ हजार २ सय ८५, ०.० देखि ०.८ ल्याउने १५ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

यहाँ क्लिक गरेर मार्क सिट हेर्न सक्नुहुन्छ

सोमध्येमा उमेर नपुगेका २ जना, सैद्धान्तिक परीक्षामा अनुपस्थितएक हजार ३ सय २०जना, प्रयोगात्मक परीक्षामा अनुपस्थित एक हजार  ३८, एक्सपेल ३ जना, कपी क्यान्सिलमा २ सय १६ जना र ड्रप आउट ७ हजार ६ सय ४ जना रहेका छन् ।

Details of Grade Sheet

SN Interval in Percent Grade Description Grade Point
1 90 to 100 A+ Outstanding 4.0
2 80 to below 90 A Excellent 3.6
3 70 to below 80 B+ Very Good 3.2
4 60 to below 70 B Good 2.8
5 50 to below 60 C+ Satisfactory 2.4
6 40 to below 50 C Acceptable 2.0
7 30 to below 40 D+ Partially Acceptable 1.6
8 20 to below 30 D Insufficient 1.2
9 0 to below 20 E Very Insufficient 0.8

परीक्षा नियन्त्रण कार्यालयले गत ३ देखि १४ चैतसम्म एसईई परीक्षा सञ्चालन गरेको थियो । विगत बर्षहरुमा जस्तै यस बर्ष पनि कक्षा १० को अन्तिम परीक्षाको नतिजा एडुखबरमा प्रकाशित छ । यस बर्ष पनि गत बर्षबाट शुरु भएको ग्रेडिङ्कै आधारमा नतिजा सार्वजनिक भएको छ । गत बर्ष शिक्षा ऐनमा भएको संशोधन पश्चात साविकको एसएलसी परीक्षाको नाम परिवर्तन गरेर कक्षा १० को अन्तिम परीक्षालाई एसईई नामाकरण गरिएको हो ।

ऐनले कक्षा १२ सम्मलाई विद्यालय तहका रुपमा ब्यवस्था गरेपछि उक्त परिवर्तन भएको हो ।  विद्यालय तहको कक्षा १० र १२ को अन्तिम परीक्षा राष्ट्रिय परीक्षा बोर्डले लिने संशोधित ऐनमा ब्यवस्था छ ।

यस बर्ष एसईई परीक्षामा सहभागी हुन कूल ५ लाख ३८ हजार १ सय ८२ विद्यार्थीले फारम भरेका थिए । यी मध्ये २ लाख ५९ हजार ७ सय ३२ छात्र तथा २ लाख ७८ हजार ४ सय ५० छात्रा छन् । परीक्षामा देशभरका ९ हजार ८ सय ३४ विद्यालयका नियमिततर्फ ४ लाख ६४ हजार ७ सय ४३ तथा प्राविधिक धारतर्फका ३ हजार ६ सय ५७ परीक्षार्थी सम्मिलित रहेको कार्यालयले जनाएको छ ।  परीक्षामा आंशिकतर्फ ५० हजार ८ सय २७ र एक्जाम्टेडतर्फ १८ हजार ९ सय ९ विद्यार्थी सहभागी छन् ।

परीक्षा नियन्त्रक अम्बिका रेग्मीले नियमिततर्फ फारम भर्ने ४ लाख ८३ हजार ९ सय ६७ जनामध्ये ११ हजार ८ सय २५ जना अयोग्य भएको बताउँदै परीक्षामा १० हजार ६ जना अनुपस्थित रहेको जानकारी दिए ।

नियन्त्रक रेग्मीले पुरक ग्रेड वृद्धि परीक्षा सम्बन्धी व्यवस्था गरिएको बताउँदै सैद्धान्तिक विषयमा सी, डी प्लस, डी र ई ग्रेड प्राप्त गर्ने अर्थात् सैद्धान्तिक विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गर्ने परीक्षार्थीले जति विषयमा सी ग्रेड र सोभन्दा तल्लो ग्रेड प्राप्त गरेको छ, त्यस्ता विषयमध्ये निजले चाहेको विषयमा र मूल परीक्षामा २ विषयसम्म अनुपस्थितवा २ विषयसम्मग्रेड नखुलेका विषयमा परीक्षार्थीले पुरक दिन पाउने जानकारी दिए ।

मूल २ विषय र २ वा सोभन्दा बढी विषयमा अनुपस्थित र २ विषयमा भन्दा बढीमा ग्रेड नखुलेको परीक्षार्थीले एक्जाम्टेड परीक्षार्थीको रुपमा परीक्षा दिनुपर्ने बन्दोबस्त गरेको छ । परीक्षा साउन १९ गतेदेखि २६ गतेसम्म हुनेछ ।

विद्यार्थी आफू कुन ग्रेडमा उत्र्तीण भएको भन्ने निक्र्योल भने मार्कसिट हेरेर मात्र थाहा पाउन सकिनेछ ।

नतिजा सार्वजनिक गर्नु अघि बिहान ९ बजे बसेको बोर्ड बैठक बसेको थियो । बैठक सकिएलगत्तै नतिजा सार्वजनिक गरेको पनिकाले जनाएको छ ।

सच्याईएको – सं.

प्रतिक्रिया