Edukhabar
आइतबार, ०३ जेठ २०८३
गतिविधि

अँग्रेजी शिक्षकलाई पुस्तक

शुक्रबार, ०८ फागुन २०७१

ललितपुर ८ फागुन / अँग्रेजी विषय पढाउने शिक्षकहरुलाई लक्षित गरेर प्रकाशित पुस्तक सार्वजनिक भएको छ । ब्रिटिस काउन्सिलले विश्वको अवस्थाका बारेमा तयार पारेको पुस्तक शैक्षिक जनशक्ति विकास केन्द्रका कार्यकारी निर्देशक खगराज बरालले सार्वजनिक गरे ।

ब्रोक यूनिभर्सिटी क्यानडाका एसोसियट प्रोफेसर डेभिड ह्यासले सम्पादन गरेको ‘टी कन्टियुन्यिूईङ् प्रोफेसनल डेभलपमेण्ट अफ ईङ्लिस ल्याङ्वेज टिचर’ नामक उक्त पुस्तकमा दक्षिण तथा दक्षिण पूर्वि एसियाका अँग्रेजी भाषा पढाउने शिक्षकको अनुभव तथा भोगाई समेटिएको छ । यसले तथा सिकाईको गुणस्तर बृद्धिमा सघाउने डेभिडले बताए । 

कार्यक्रममा ब्रिटिस काउन्सिलका नेपाल प्रमुख बे्रण्डन म्याक सेरी र केन्द्रका कार्यकारी निर्देशक बरालले शिक्षकहरुको पेशागत विकासमा पुस्तकले सघाउने अपेक्षा गरे ।

ब्रिटिस काउन्सिलले उक्त पुस्तक सम्बन्धित शिक्षकहरु समक्ष पुर्याउने बताएको छ ।  

प्रतिक्रिया