Edukhabar
सोमबार, ०२ भदौ २०८२
अन्तैवाट

भेदभावको नमुना :छोरा बोर्डिङमा, छोरी सामुदायिक विद्यालयमा

विहीबार, १० जेठ २०७५

काठमाडौं १० जेठ / रुपन्देही र कपिलवस्तुका दक्षिणी भेगमा छोरा र छोरीलाई शिक्षामा विभेद गरेको पाइएको छ । नयाँ पत्रिकामा छापिएको यो खबर अनुसार त्यहाँका स्थानीयले छोरा जति भए पनि निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरेका छन् ।

बबिता विश्वकर्मा रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकास्थित तेनुहवा सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छिन् । उनका तीन भाइ र एक बहिनी छन् । बबिताका तीनै भाइ सुरज, सुरेश र दिनेशनजिकैको निजी विद्यालयमा पढिरहेका छन् । तर, उनी र बहिनी कविता भने सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन् । किन यसो भयो भन्ने आफूलाई थाह नभएको बबिता बताउँछिन् ।
तेनुहवा सामुदायिक माविकी बबिता एउटा उदाहरण मात्र हुन् । रुपन्देही, कपिलवस्तु लगायतका जिल्लाका दक्षिणी क्षेत्रमा यस्तो समस्या धेरै छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् ।

 

प्रतिक्रिया