काठमाडौं १९ जेठ / रोजगारीको शिलशिलामा विदेशिएकाहरु प्रायः आफ्नै परिवारको भविष्यलाई सुखी बनाउने सपना बुनेका हुन्छन् । विदेशमा कमाएको धनले सहरमा ठूलो ‘बिल्डिङ’ ठड्याएर बस्ने योजना उनीहरुले बुनेका हुन्छन् । तर, लमजुङबाट वेलायत गएका भुपु विद्यार्थीहरुले दूधपोखरी गाउँपालिका–२ विचौरको बागेश्वरी माविलाई सहयोग गरेका छन् । दूधपोखरी गाउँपालिका–२ विचौरको बागेश्वरी माविका पूर्व विद्यार्थीहरुले वेलायतमा रकम संकलन गरि विद्यालयलाई १० लाख रुपैया सहयोग गरेका हुन् ।
विद्यालयको गत बुधबार सम्पन्न ६९ औं वार्षीक उत्सव तथा अभिभावक दिवसको अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द दवाडी र प्रधानाध्यापक रामेश्वर न्यौपानेलाई संकलित रकम हस्तान्तरण गरिएको विद्यालय व्यावस्थापन समितीका अध्यक्ष गोविन्द दवाडीले बताए । बेलायतमा रहेका भूपू सैनिक तथा बहालवाला एवं रोजगारीको सिलसिलामा बेलायत पुगेका विद्यालयका पूर्व विद्यार्थीले उक्त रकम सहयोग गरेका हुन् ।
विद्यालय संचालनमा परेको समस्यालाई समाधान गर्न पूर्व विद्यार्थीहरु मिलेर सहयोग संकलन गरि विद्यालयलाई हस्तान्तरण गरिएको बेलायती भूपू सैनिक दलबहादुर गुरुङले बताए ।
नयाँ पत्रिकामा शान्ता कमलीले लेखेको खबर ।
प्रतिक्रिया