काठमाडौं २१ जेठ / स्याङ्जाको चापाकोट न.पा ७ गंगालाल मा.वीका शिक्षकले सोही विद्यालयमा पढ्ने विद्यार्थीलाई बलात्कार गरेको खुल्न आएको छ । नयाँ पत्रिकाका अनुसार कक्षा ७ मा पढ्दै आएकी १४ वर्षीय सिमा नेपालीलाई शिक्षक रामभक्त आचार्यले जर्बजस्ती गरेको आरोप पीडित नेपालीको छ ।
चैत २ गते भएको कक्षा ७ को परीक्षा समयमा विद्यालय नजिकै शितलटार जंगलमा लगी ललाई—फकाई जर्बजस्ती करणी गरेको नेपालीले बताइन् । शिक्षक रामभत्त आचार्यले टि—सर्ट ,मोबाईल , १० हजार रुपैंया पैसा दिन्छु भन्दै करणी गरेको र कसैलाई भने चरम यातना दिने धम्किका कारण चैतको घटना अहिले बाहिर आएको पिडीत सिमा नेपालीको आमाले बताइन् । शिक्षक आचार्यले पुनः बैशाख ३० गते पनि जबरजस्ती करणी गरेको सिमाको दाबी छ ।
आरोपित शिक्षक आचार्य अहिले फरार रहेको प्रहरीले जनाएको छ । पीडित परिवार न्याय माग्दै चापाकोट नगरपालिका , प्रहरी चौकी चापाकोट हुँदै मुद्धा दर्ता गर्न वडा प्रहरी कार्यालय आएका छन् ।
नयाँ पत्रिकामा सुशिल सुवेदीले लेखेका छन् ।
प्रतिक्रिया