Edukhabar
सोमबार, ०२ भदौ २०८२
अन्तैवाट

शिक्षक कर्मचारीद्वारा श्रम ऐन अनुसार सुविधा माग

मंगलबार, २२ जेठ २०७५

काठमाडौं २२ जेठ / संस्थागत विद्यालयका शिक्षक कर्मचारीले शिक्षा र श्रम ऐन अनुसारको सेवा सुविधा माग गरेका छन् ।

संस्थागत विद्यालय शिक्षक यूनियन मोरङले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी नियूक्ति पत्रको व्यवस्था गर्नुपर्ने र सामुदायिक विद्यालयको शिक्षक सरहको सेवा सुविधा दिनुपर्ने माग गरेका हुन ।

‘प्रदेश १ का सबै संस्थागत विद्यालयको एउटै शैक्षिक क्यालेण्डर हुनुपर्छ, पाठ्यपुस्तक लागु गर्दा सम्बन्धित विषय शिक्षकको सल्लाहमा हुनुपर्छ,’ यूनियनका सचिव प्रेम तामाङ शास्त्रीले भने, ‘संस्थागत विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई उपदान, सञ्चयकोष, उपचार खर्चलगायतको सेवा सुविधा प्रदान गर्नुपर्छ ।’ आफूहरुको माग तत्काल पूरा नभए आन्दोलनमा उत्रिन बाध्य हुने यूनियनले चेतावनी दिएको छ ।

सञ्चालकहरुले विद्यालयमा कार्यरत शिक्षक, कर्मचारीलाई श्रम ऐन २०७४ अनुसारको सेवा सुविधा दिन नसक्ने बताएका छन् ।

श्रम ऐनमा सञ्यकोष, उपदान, औषधि उपचार खर्च, दुर्घटना बिमा र रोजगार सम्झौताको प्रावधान उल्लेख गरिएको छ । सामाजिक सेवा प्रदायक संस्थाका रुपमा सञ्चालित संस्थागत विद्यालयले श्रम ऐन कार्यन्वयनमा ल्याएका छैनन् ।

संस्थागत विद्यालयहरुको संगठन प्याव्सन मोरङका अध्यक्ष सुनिल पौडेलले श्रम ऐनले तोके अनुसारको सुविधा निजी विद्यालयहरुको क्षमता बाहिरको विषय भएकोले लागु नगर्ने बताउँदै आएको छ ।

कान्तिपुरमा संस्थागत शिक्षक कर्मचारीद्वारा श्रम ऐन अनुसार सुविधा माग शिर्षकमा प्रकाशित ।

प्रतिक्रिया