Edukhabar
आइतबार, ०१ भदौ २०८२
अन्तैवाट

इक्यानमा पाण्डेको मनोमानी

सोमबार, १८ असार २०७५

काठमाडौं १८ असार / शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष विष्णुहरि पाण्डेले इक्यानमा एकलौटी निर्णय गर्न थालेपछि उनको विरोध हुन थालेको छ । नेपाल समाचारपत्रका अनुसार नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलको आडमा आफूलाई सर्वेसर्वा ठान्ने गरेपछि इक्यानका पूर्वअध्यक्ष सहित पदाधिकारीहरु आक्रोशित बन्न थालेका छन् ।

महाअधिवेशन सकिएको करिब तीन महिना पुगिसक्दा विभाग र सल्लाहकार समिति गठन गर्न नसकेका उनले हालसम्म पूर्ण बैठक बोलाउन सकेका छैनन् । आफू अध्यक्ष हुन नसक्दा कार्यसमितिको विरोध गर्दै हिड्ने उनी अध्यक्ष हुँदा कुनै पनि काम गर्न नसकेको गुनासो कार्यसमितिका पदाधिकारीले गर्न थालेका छन् ।

आफू पदमा नभएपछि गुटबन्दी गर्दै हिड्ने स्वभाव रहेका अध्यक्ष पाण्डे ११ मतले मात्र विजयी भएका थिए । उनी रोयल कन्सल्टेन्सीका सञ्चालक हुन् । उनी अध्यक्ष भएपछि पूर्वअध्यक्षदेखि अधिकांश पदाधिकारी उनको व्यवहारदेखि असन्तुष्ट रहेका छन् ।

पछिल्लो समयमा इक्यानको हित अनुकुल काम गर्न छाडेका उनी निजी कलेजमा केही शेयर खरिद गरेर आफू मुख्य व्यक्ति भन्दै हिड्न थालेका छन् । स्रोतका अनुसार इक्यानका पूर्वअध्यक्षहरुको समेत कुनै विचार सुन्न छाडेर एकलौटी निर्णय गर्न थालेका पाण्डेले एमालेका वरिष्ठ नेता नेपाल र विष्णु पौडेलको नाम बेच्ने गरेका छन् ।

एमाले नेता माधव नेपालले विदेश विभाग सदस्यमा मनोनयन गरेपछि आफू थप प्रभावशाली भएको बताउ“दै हिड्ने गरेका छन् । बढी राजनीतिक गफ गर्दै आप्mनै पदाधिकारीलाई धाक लगाउने गरेपछि इक्यानका अधिकारीहरु समेत अहिले उनीस“ग चिढिएका देखिन्छन् । उनले केही मिडिया हाउसमा आफूले जे भन्यो त्यही हुने भन्दै एकलौटी रुपमा सहमतिपत्रमा हस्ताक्षर गर्दै इक्यानकोे बदनाम गरिरहेको नाम नबताउने सर्तमा इक्यानका अधिकारीले जानकारी गराएका छन् ।

नगन्य शेयर लिएका उनी आजकाल आफूलाई थापाथलीस्थित एभरेस्ट र बानेश्वर ओरालोमा रहेको कोलम्बस कलेजका सञ्चालक भन्दै हिंड्ने गरिएको छ । अन्य संस्था र व्यक्तिको कलेजलाई आफ्नै भन्दै हिंड्ने पाण्डे प्रमुख कार्यकारी अधिकृत बनेपछि एभरेष्ट कलेजको गुणस्तर खस्कि“दै गएकोमा कलेजका अन्य लगानीकत्र्ताहरु चिन्तित देखिएका छन् ।

विभिन्न मिडियामा विज्ञापन उपलब्ध गराउने तर बिलअनुसारको भुक्तानी नदिने गरेका उनले थुप्रै मिडियामा रकम तिर्न बा“की देखिएको छ । नाम चलेका आधा दर्जनभन्दा बढी कलेजको सञ्चालक भएको धाक दिने पाण्डे इक्यानको चुनाव ताका एक मिडियाले विज्ञापन वापत रकम माग गर्न चिठी पठाउन खोज्दा गरेको रोदन त्यसबेला निकै चर्चित बनेको थियो ।

नेपाल समाचारपत्रमा छापिएको खबर

प्रतिक्रिया