Edukhabar
आइतबार, ०३ जेठ २०८३
अन्तैवाट

शिक्षकले बढुवामा अवसर नपाएको गुनासो

सोमबार, ३२ असार २०७५

काठमाडौं ३२ असार / ललितपुर जिल्लाका विभिन्न विद्यालयमा माध्यमिक तहमा पढाइरहेका चार शिक्षकले आन्तरिक बढुवामा सहभागी बनाउन शिक्षक सेवा आयोगसँग माग गरेका छन् । नियमावलीमा बढुवाको विज्ञापन गर्दाका वेला तल्लो तहमा काम गर्न लागेको पाँच वर्ष पुगेको हुनुपर्ने उल्लेख भए पनि आयोगले गत जेठमा विज्ञापन निकाल्दा ०७३ चैत मसान्तसम्म पाँच वर्ष पुगेकाले मात्रै बढुवाको फारम भर्न पाउने उल्लेख गरेर आफूहरूलाई अन्याय गरेको उनीहरूले बताएका छन् ।

नयाँ पत्रिकाका अनुसार प्रभात माध्यमिक विद्यालयका राजेन्द्रप्रसाद तिमल्सिना, शान्ति माध्यमिक विद्यालयका मोदनाथ लम्साल, किटिनी माध्यमिक विद्यालयका बाबुहरि मरासिनी र नमुना मछिन्द्र माध्यमिक विद्यालयका राधाकृष्ण महतले बढुवामा सहभागी गराउन माग गरेका हुन् । चारैजनाले द्वितीय श्रेणीबाट पहिलो श्रेणीमा बढुवा हुने आन्तरिक प्रतियोगितात्मक परीक्षामा सहभागी गराउन माग गरेका हुन् ।

नयाँ पत्रिकाबाट 

प्रतिक्रिया