Edukhabar
विहीबार, २९ साउन २०८२
अन्तैवाट

अध्यक्ष नियुक्त नहुँदा सार्कस्तरीय बैठक अन्योल

शुक्रबार, १८ साउन २०७५

काठमाडौं १८ साउन / सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्ष नियुक्त नगर्दा नेपालमा हुने सार्कस्तरीय बैठक अन्योलमा परेको छ ।

सार्क विश्वविद्यालय अनुदान आयोगका अध्यक्षहरूको पूर्वनिर्धारित तालिकाअनुसार उक्त बैठक आगामी सेप्टेम्बरमा नेपालमा हुनेछ । त्यसको अध्यक्षता नेपालले गर्नेछ ।

निर्वतमान अध्यक्ष प्राध्यापक परासर कोइरालाको गत असार ५ गतेबाट चारवर्षे कार्यकाल सकिएपछि उक्त स्थान रिक्त छ । ‘अध्यक्ष नियुक्त नहुँदा बैठक बस्न सकेको छैन,’ आयोगका सदस्यसचिव प्राध्यापक देवराज अधिकारीले कान्तिपुरसँग भने, ‘नीतिगत निर्णय गर्न सकिएको छैन । बजेट स्वीकृत हुन सकेको छैन । सबैभन्दा अप्ठ्यारो भनेको आगामी सेप्टेम्बरमा नेपालमा हुने सार्कस्तरीय विश्वविद्यालय अनुदान आयोगका अध्यक्षहरूको बैठकको मिति तोक्न सकिएको छैन ।’

कान्तिपुरमा खबर छ । 

प्रतिक्रिया