Edukhabar
बुधबार, २१ साउन २०८२
अन्तैवाट

अनाथ बालबालिकालाई गाउँपालिकाले पढाउने

मंगलबार, १६ असोज २०७५

काठमाडौं १६ असोज / डोटीको सायल गाउँपालिकाले अनाथ बालबालिकालाई पढाउने भएको छ । गाउँपालिका क्षेत्रका अनाथ बालबालिकालाई पढाइ खर्चबापत प्रत्येक महिना १५ सय रुपैयाँ सहयोग गर्ने निर्णय गाउँसभाले गरेको अध्यक्ष तेजबहादुर डुम्रेले जानकारी दिए ।

नयाँ पत्रिकाका अनुसार यो निर्णयबाट गाउँपालिका क्षेत्रमा १२ जनाभन्दा धेरै अनाथ बालबालिका लाभान्वित हुनेछन् । आमाबाबु नभएका बालबालिकालाई पढाइ खर्चबापत सहयोग गर्न लागिएको उपाध्यक्ष विष्णा सिंहले बताइन् । ‘आफन्तको सहारामा बस्दै आएका अनाथ बालबालिकालाई यो निर्णयले उनीहरूको पढाइमा सहयोग पुग्ने अपेक्षा गरेका छौँ,’ सिंहले भनिन् ।

साधारणसभाले ६० वर्ष पुगेका गैरदलित तथा ५० वर्ष पूरा भएका एकल दलित पुरुषलाई समाजिक सुरक्षा भत्तास्वरूप प्रत्येक महिना पाँच सय रुपैयाँ सहयोग गर्ने निर्णय गरिएको अध्यक्ष डुम्रेले बताए । गाउँमा पानीका मुुहान संरक्षणका लागि गाउँपालिकाले रिचार्ज पोखरी निर्माण गर्ने निर्णय पनि गरेको छ ।

नयाँ पत्रिकामा कर्ण चन्दले लेखेका छन् । 

प्रतिक्रिया