Edukhabar
बुधबार, २१ साउन २०८२
अन्तैवाट

नेत्रहीनका लागि आफैं पढिदिने सफ्टवेयर

मंगलबार, १३ कार्तिक २०७५

काठमाडौं १३ कात्तिक / नेत्रहीनका लागि जीवनयापन सहज गर्नका लागि नयाँ सफ्टवेरको काम अन्तिम चरणमा पुगेको छ । नागरिकका अनुसार यस सफ्टवेयरले कुनै पनि लिखित शब्दलाई वाणीमा परिणत गर्ने गर्दछ । जसले गर्दा शब्द देख्न नसक्ने नेत्रहीनलाई लेखपढमा सहज हुनेछ।

‘यो सफ्टवेयरले देवनागरी लिपिलाई पढिदिने काम गर्छ,’ सप्mटवेर निर्माता काठमाडौं विश्वविद्यालयका सह–प्राध्यापक डा. बालकृष्ण बलले भने, ‘त्यसो हुँदा नेत्रहीनले कुनै पनि लिखित डकुमेन्ट सुनेर बुभ्mन सक्छन् ।’ यो सफ्टवेर चाँडै नै प्रयोगमा आउने उनले बताए । सप्mटवेरको निर्माण सन् २००५ मा आरम्भ भएको थियो भने सन् २०१८ अप्रिलमा यसको परीक्षण गरिएको थियो ।

यो सप्mटवेयर मोबाइलमार्फत सहज र सुलभ तवरमा प्रयोग गर्न सकिन्छ । यसलाई इन्टरनेटबाट निःशुल्क डाउनलोड गर्न सकिने डा. बलले बताए । यसको निर्माणका लागि प्राविधिक, भाषाविद्लगायत ५ जनाको टोली खटिएको थियो । भविष्यमा गैर–सरकारी, सरकारी तथा अन्य निकायसँग समन्वय गरेर विकास गरिएको पाठवाचक सप्mटवेयरलाई परिमार्जन र प्रभावकारी ढंगबाट प्रयोग गर्न मिल्ने गरी विकास र परिमार्जन गर्ने लक्ष्य रहेको डा. बलले बताए । एप्स निर्माणका लागि करिब १४ लाख खर्च भएको जनाइएको छ । नेत्रहीनका लागि बनाइएको यस सप्mटवेयर निमार्ण गर्नका लागि नेत्रहीन संघले संयोजनकारी भूमिका खेलेको थियो भने अस्ट्रेलियन दूतवासले आर्थिक सहयोग गरेको थियो।

सफ्टवेयर निर्माणमा संलग्न अर्का आइटी इन्जिनियर निराजन पन्तका अनुसार सामान्य लेखपढ गर्नसक्ने नेत्रहीनले यो सफ्टवेयर चलाउन सक्छन् । नेपालमा नेत्रहीनको संख्या चार लाख रहेको अनुमान छ । यो सफ्टवेयरले करिब दुई लाख नेत्रहीन लाभान्वित हुने अनुमान नेपाल नेत्रहीन संघका सचिवालय सदस्य खोमराज शर्माले बताए । ‘देवनागरी लिपीका शब्दलाई स्क्यानरको माध्यमबाट स्क्यान गर्दा त्यहाँ भएको चित्र आउँछ र शब्दमा रुपान्तरण हुने गर्छ जसले गर्दा हामी नेत्रहीन व्यÏिले लेखिएका कुरा सुनेर थाहा पाउन सक्छौं,’ शर्माले भने, ‘यो सफट्वेरको विकास हुनुभन्दा पहिले हामीहरुले धेरै समस्या भोग्नु परेको थियो । चाहेको बिषय पढ्न नपाउने, आफनो तहभन्दा तल्लो तहका व्यÏिबाट आप्mनो परीक्षा दिनुपर्ने बाध्यता थियो । सामान्य चिठी पढ्न समेत अरुमा निर्भर हुनुपर्ने थियो अब त्यो अवस्थाको अन्त्य हुने भयो।’

काठमाडौं कीर्तिपुरस्थित ल्याबोरेटरी स्कुलमा २०२१ सालदेखि बे्रललिपिमा पठनपाठन सुरु भए पनि हालसम्म नेत्रहीनका लागि पाठ्य सामग्री सजह र सर्वसुलभ छैन । २०४४ सालदेखि नेपालमै ब्रेललिपिका पुस्तक छपाइ थालिए पनि प्रविधि महंगो र जनशक्ति र स्रोतको कमीले नेत्रहीनलाई आवश्यक पाठ्य सामग्रीको अभाव हुने गरेको छ । नेत्रहीनले छोएर पढ्न सकिने विशेष खालको लिपिलाई ब्रेललिपि भनिन्छ।

नागरिकमा बटुकराज गिरीले लेखेका छन् । 

प्रतिक्रिया