Edukhabar
आइतबार, ११ साउन २०८२
अन्तैवाट

सुप विश्वविद्यालयः नियुक्ति खारेज गर्न सकिने संकेत

मंगलबार, १० पुस २०७५

काठमाडौं १० पुस / सूदूर पश्चिमाञ्चल विश्वविद्यालयका प्रिन्सिपल डा. भुपेन्द्र बिष्टले कार्यादेश अनुसार आफुले नियुक्त गरेका शिक्षक तथा कर्मचारीको नियुक्ति खारेज गर्न सकिने बताएका छन् । पत्रकार मनोज भट्ट संग कुरा गर्दै उनले नियुक्ति पत्र पाएका सबै जनालाई घरमै बस्न आग्रह गरेको बताए । ‘मैले नियुक्त गरेका सबै जनालाई, अब तपाईहरु घरमै बस्नुहोला । विभिन्न आन्दोलन र विरोधले गर्दाखेरी तपाईहरुलाई म विश्वविद्यालयको कर्मचारी तथा शिक्षक पदमा जागिर दिलाउन असमर्थ छु, भन्दै सबैजनालाई जानकारी गराएको छु ।’

प्रिन्सिपल बिष्टले आफुले विश्वविद्यालयमा सिधै नियुक्ति दिएर कुनै नयाँ, नौँलो तथा भयंकर अपराध वा गल्ति नगरेको बताए । ‘यस्तो रिति पहिले देखि नै चल्दै आएको हो, र मैले पनि पुर्व प्रमुखहरुको पलामा जस्तो चलेको थियो त्यस्तो बाटो नै अंगालेको हुँ ।’ उनले थपे ‘मलाई मात्रै किन बलिको बोको बनाउन लागियो । सुप विश्वविद्यालयमा मात्रै होइन नेपाल भरिका अन्य विश्वविद्यालयहरुमा पनि अस्थायी करारमा कर्मचारी तथा शिक्षक नियुक्त यसरी नै गरिन्छ ।’

शिक्षकको अभाव रहेका बेला प्रिन्सिपलले दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी नियुक्त गर्न पाउछन् । अहिले विश्वविद्यालयमा प्राध्यापन गराइरहेका प्राध्यापकहरु पनि यस्तो पक्रियाबाट नै नियुक्त भएका आफु संग प्रशस्त प्रमाण रहेको डा. बिष्टको दाबि छ । तर अझ पनि पहिले भएका र अहिले भएका सबै कुराहरुलाई छोडेर नयाँ तरिकाले कार्यविधि बनाएर विश्वविद्यालयलाई अगाडी बढाउने हो भने आफु बाधक नरहेको कुरा प्रष्ट पारे ।

प्रिन्सिपल डा.विष्टले आफुलाई सुनियोजित तरिकाले सबै मिलेर फसाउन खोजिएको बताए । ‘खासमा मलाई सुनियोजित तरिकाले फसाउने र मेरो पद खोसेर चरित्रहत्या गर्न खोजीएको हो । यदि सबैको नियुक्ति खारेजी र मेरो राजिनामा माग गरिएको हो भने, पहिले यस्तै तरिका बाट नियुक्त गरिएका सबै प्राध्यापकहरुको समेत नियुक्ति खारेजीका लागि माथि पठाउन सकिन्छ । मिलेर नयाँ कार्यविधिका साथ अगाडि बढ्ने हो भने म यो आन्दोलनको माहोल शान्त भए पछि वार्तामा बस्न तयार छु ।’ उनले भने ।

सुदूर पश्चिमाञ्चल विश्वविद्यालयमा एक महिना यता शिक्षक तथा कर्मचारी अवैधानिक तरिकाले नियुक्त गरेको भन्दै भाँडभैलो मच्चिएको छ । विश्वविद्यालयका प्रिन्सिपल डा. बिष्टले प्रकृया नै नपु¥याई अवैध तरिकाले भटाभट आफन्त नातागोता तथा राजनीतिक पावरका आधारमा शिक्षक तथा कर्मचारी नियुक्त गरेको भन्दै आन्दोलन चर्कीएको हो ।

प्रिन्सिपलको रोजाईमा रहेर नियुक्ति पत्र पाएका २० जना कर्मचारी तथा आठ जना शिक्षकका बिरुद्ध आन्दोलनले उग्ररुप लिएको हो । विश्वविद्यालयमा कार्यरत शिक्षक, कर्मचारी र विद्यार्थीहरुले लगातार आन्दोलनमा उत्रिए पछि विश्वविद्यालयको पठनपाठनको अवस्था समेत खल्बलिएको छ । प्रिन्सिपल डा. बिष्टले कार्यादेशको आधारमा भन्दै विश्वविद्यालयलाई आफ्नो भर्तीकेद्र बनाएको प्राध्यापक तथा विद्यार्थीहरुको आरोप रहेको छ ।

सोमवार सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका विद्यार्थीहरुले २८ जना शिक्षक तथा कर्मचारीको अवैधानिक नियुक्ति प्रति महेन्द्रनगर बजारमा ¥यालि समेत प्रदर्शन गरेका छन् । आइतवार देखि प्राध्यापकहरुले हातमा कालो पट्टि बाधेर विद्यार्थीहरुलाई पठनपाठन गराउदै आएका छन् । प्राध्यापक संघ कार्यसमितिले सोमवार पत्रकार सम्मेलन गर्दै प्रिन्सिपलको गैर जिम्मेवारपुर्ण गतिविधी विरुद्ध आन्दोलनका कार्यक्रमहरु घोषणा गरेका छन् ।

मंगलवार प्रधानमन्त्री केपीशर्मा ओली, विश्वविद्यालयका सहकुलपति भुषण क्षेष्ठ र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत विश्वविद्यालयको वस्तुगत अवस्था जगजाहेर गर्दै ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको उक्त समितिका संयोजक यज्ञराज पाठकले बताए ।

नेपाल समाचारपत्रमा मनोज भट्टले लेखेका छन् ।

प्रतिक्रिया