Edukhabar
शनिबार, २७ भदौ २०८३
अन्तैवाट

संसदमा विधेयक पेश हुँदै सरकार पेलेरै जाने मनस्थितीमा

सोमबार, ०७ माघ २०७५

काठमाडौं ७ माघ / संसदमा सोमबार पेश हुन लागेको चिकित्सा शिक्षा विधेयक सत्याग्रही प्रा.डा. गोविन्द केसी सँग यस अघि भएको सहमती विपरित भन्दै आज प्रकाशित पत्रपत्रिकाले आलोचना सहितका खबर छापेका छन् । सत्याग्रहमा बसेका केसीलाई पेलेरै जाने मनस्थितीमा सरकार पुगेको र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले यसको विरोध गर्ने खबरले पत्रपत्रिकामा प्राथमिकता पाएका छन् । 

कान्तिपुरले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा। गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको भन्दै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संशोधन माग गर्दै डा। गोविन्द केसी आमरण अनशन बसिरहे पनि प्रतिनिधिसभाले सोमबार उक्त विधेयक पारित गर्ने कार्यसूची तय गरेको उल्लेख गरेको छ । 

‘संसदीय उपसमितिको सुझावसहितको प्रतिवेदन र विधेयक पारित गर्नुपर्छ भन्ने हाम्रो भनाइ छ’ विधेयक तयार गर्ने शिक्षा समितिका सदस्यसमेत रहेका नेकपा नेता योगेश भट्टराईले भने, ‘विधेयक जस्ताको तस्तै पारित गर्नुपर्छ भन्ने हाम्रो पार्टीको पनि धारणा छ, त्यहीअनुसार हामी अघि बढ्छौं ।’

कांग्रेसले गोविन्द केसीसँगको सम्झौता कार्यान्वयनसहित गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल खारेज गर्न लागेको विषय संसद्मा उठाउने तयारी गरेको छ । ‘मुख्यतस् दुई अस्पताल केन्द्रबाट हटाउने विषय र डा। गोविन्द केसीको मागलाई उठाउँछौं । सरकार र केसीबीच भएको सहमति हुबहु कार्यान्वयन हुनुपर्छ भन्ने पार्टीको स्पष्ट माग छ,’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘संसद्मा दबाब दिन्छौं ।’

यस्तै नयाँ पत्रिकाले अनशनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी शिर्षकमा खबर छापेको छ ।  केसीको अनशन लुकिङ लन्डन, टकिङ टोकियोजस्तै भएको सत्तनधारी दलका नेता योगेश भट्टराईको भनाईलाई नयाँ पत्रिकाले छापेको छ । 

प्रतिक्रिया