Edukhabar
शुक्रबार, ०९ साउन २०८२
अन्तैवाट

बलजफ्ती विधेयक, प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको आरोप

शनिबार, १२ माघ २०७५

काठमाडौं १२ माघ  / शनिबार काठमाडौंबाट प्रकाशित दैनिक पत्रिकामा शुक्रबार सरकारले पेलेरै संसदबाट पारित गरेको चिकित्सा शिक्षा विधेयकको खबरलाई प्राथमिकताका साथ प्रकाशित गरेका छन् । विधेयक पारित हुनुलाई शिक्षा मन्त्री गिरिराजमणि पोखरेल सहित सत्ता पक्षका सांसदहरुले उपलब्धि भनेका छन् भने प्रतिपक्षी नेपाली काँग्रेसले यसलाई अधिनायकवादको संज्ञा दिदैं थप विरोध गर्ने बताएको खबर पनि आजका पत्रपत्रिकाका मुख्य खबर छन् ।

नागरिकले विधेयक पारित प्रकृयाका कारणलमुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको ‘खबर छापेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद अवरुद्ध गरिरहेको बेला मार्सल प्रयोग गरेर राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि मुलुक राजनीतिक मुठभेडतर्फ अघि बढेको नागरिकको खबर छ । कान्तिपुरले अबरोध सहित विधेयक पारित शिर्षकमा छापेको खबरमा सभामुख लरबराएको र गल्ती बोलेको उल्लेख छ । नयाँ पत्रिकाले प्रतिपक्षीको अवरोध बीच विधयकबहुमतले पारित शिर्षकमा खबर छापेको छ । नेपाल समाचारपत्रले होहल्ला बीच चिकित्सा शिक्षा विधेयक पारित शिर्षकमा खबर छापेको छ ।

अन्नपूर्ण पोष्टले बलजफ्ति विधेयक शिर्षकमा खबर छापेको छ भने गोरखापत्रले चिकित्सा शिक्षा विधेयक पारित शिर्षकमा खबर छापेको छ ।

आफ्ना दुई नेता पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र शुसील कोइरालाका नाममा खुलेका अस्पताल प्रति सरकार अनुदार भएको भन्दै संसद बैठक अवरुद्द गर्दै आएको काँग्रेसले चिकित्सा शिक्षा विधेयकको विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीसँग भएका सहमती अनुसार विधेयक ल्याउन माग गरेको थियो  ।तर सत्तापक्षले बहुमतका आधारमा विधेयक पारित गरेको हो ।

आफूहरुले विरोध गरिरहँदा पनि संसदीय मर्यादा विपरित गएर सभामुख कृष्णबहादुर महराले विधेयक प्रस्तुत गर्न दिएको भन्दै काँग्रेसले सभामुख प्रति पनि कडा ब्यवहार अपनाउने घोषणा गरेको छ ।
विधेयक पारित भएसँगै सत्याग्रही केसीले प्रधानमन्त्री नैतिकताबाट च्यूत भएको भन्दै राजीनामा मागेका छन् ।

१७औं दिनदेखि अनशनरत डा. केसीले आफूसँग भएको सहमति विपरीत विधेयक पास हुनु जनता माथि नै धोका भएको उल्लेख गरेका छन् ।  केसीद्वारा जारी विज्ञप्तिमा सत्याग्रह कायमै राख्ने उल्ल्ेख भएको पत्रपत्रिकाले खबर छापेका छन् ।

प्रतिक्रिया