Edukhabar
शनिबार, २७ मंसिर २०८२
अन्तैवाट

त्रिवि सेवा आयोग रिक्त, चारजना आकांक्षी

आइतबार, ०५ साउन २०७६

काठमाडौं ५ साउन / त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्षको पद आइबारबाट रिक्त भएको छ । तीन वर्षे पदावधि सकिएसँगै आयोगका अध्यक्ष चैतन्य शर्मा पदबाट बाहिरएका छन् ।

शर्मा अध्यक्ष रहेकै बेला आफन्तलाई स्थायी बनाएको विवादका कारण मुद्दा अदालतमा विचाराधीन छ।

आयोगको रिक्त अध्यक्ष पदमा त्रिभुवन विश्वविद्यालयबाट चारजना प्राध्यापकहरू आकांक्षी रहेको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीनिकट एक प्राध्यापकका अनुसार अध्यक्षको आकांक्षीहरूमा शंकर भण्डारी, लालु पौडेल, यादव लामिछाने र विजय सिलवाल छन्।

प्राध्यापक भण्डारी त्रिविअन्तर्गत उच्च शिक्षा परियोजनाका प्रमुख थिए। त्रिविबाट अवकाशप्राप्त लामिछाने प्रगतिशील प्राध्यापक संगठनका अध्यक्ष हुन्। संगठनकै पूर्वअध्यक्ष सिलवाल त्रिविबाट अवकाशप्राप्त प्राध्यापक हुन्। पौडेल त्रिवि भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख हुन्। दोस्रो कार्यकालका निम्ति विभागीय प्रमुख पौडेल त्रिविका विज्ञका रूपमा परिचित छन्।

कान्तिपुरमा गणेश राईले लेखेका छन् । 

प्रतिक्रिया