Edukhabar
सोमबार, ०७ जेठ २०८१
विदेशमा शिक्षा

वायु प्रदूषणका कारण विद्यालय बन्दको निर्णय, पब्लिक हेल्थ इमर्जेन्सी घोषणा

शनिबार, १६ कार्तिक २०७६

काठमाडौं - भारतीय राजधानी दिल्लीमा वायु प्रदूषणको मात्रा बढेपछि आगामी मंगलबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । वायु प्रदूषणको मात्रा बढेपछि त्यसबाट विद्यार्थीलाई जोगाउन बन्द गर्ने निर्णय गरिएको जनाईएको छ ।

दीपावली पछि  दिल्लीको वायु निकै प्रदूषित बनेको भन्दै समाचारमा त्यहाँको वायुमा खतरनाक कणको स्तर विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मानक भन्दा २० गुणा ज्यादा भेटिएको उल्लेख छ । वायु प्रदूषण बढेपछि सर्वसाधारणले श्वास फेर्न कठिनाइ भोगेका छन् । अस्पतालमा बिरामीको संख्या पनि बढेको छ ।

यस अघि विद्यालयमा मास्क वितरण गरिएका थियो । तर, प्रदूषण दर घट्नुको साटो बढ्दै गए पछि यसपटक भने विद्यालय नै बन्द गर्ने निर्णय गरिएको छ । दिल्लीका विद्यालयले ६ नोभेम्बरसम्मका लागि बन्द रहने सूचना जारी गरेका छन् ।

अरबिन्द केजरीवाल नेतृत्वको दिल्ली सरकारले त्यहाँ पब्लिक हेल्थ इमर्जेन्सी घोषणा गरेको बीबीसी हिन्दीले जनाएको छ । 

समाचार अनुसार वायुको गुणस्तरमा आएको गम्भीर गिरावट पछि त्यहाँको अदालतले दिल्ली र दुई छिमेकी राज्यहरूका केही काममा प्रतिबन्ध लगाउने आदेश दिएको छ । त्यहाँको पर्यावरण प्रदूषण रोकथाम प्राधिकरण (ईपीएस) ले ६ नोभेम्बरसम्मका लागि सबै किसिमका निर्माण कार्यमा रोक लगाएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया