Edukhabar
आइतबार, ०८ कार्तिक २०८३
अन्तैवाट

नाकाबन्दी र बन्दले लाखौँ बालबालिका प्रभावित : युनिसेफ

मंगलबार, १५ मंसिर २०७२

काठमाडौँ, १५ मंसिर । इन्धन, खाना पकाउने ग्यास अभाव, औषधी, र खोपको बढ्दो अभावले यस बर्षको जाडोयाममा पाचँ बर्षमुनिका तीस लाखभन्दा बढी बालबालिका बिरामी पर्ने वा उनीहरुको मृत्युसमेत हुनसक्ने चेतावनी युनिसेफले दिएको छ।   नेपालले नयाँ संविधान जारी गरेपछि भएको अशान्त परिस्थिती र प्रदर्शनले १० साताभन्दा लामो समयदेखि दक्षिणी नाकामा अत्यावश्यक सामग्री आयातमा अवरोध भइरहेको छ। 

यसैको असरले सरकारका औषधी गोदाममा क्षयरोगविरुद्ध लगाईने बिसीजि खोप समाप्त भइसकेको तथा अन्य खोप र एन्टिबायोटिकको मौज्दात निकै कम भएकाले भूकम्पबाट प्रभावित बालबालिकामाथी नराम्रो प्रभाव परेको युनिसेफले जनाएको छ। 

भूकम्प अति प्रभावित दुई लाखभन्दा बढी परिवार अझै पनि समुन्द्री सतहबाट एक हजार पाँच सय मिटरभन्दा माथीको उचाईमा रहेका अस्थायी आश्रयमा बसिरहेका त्यहाँको मौसमी अवस्था जाडोमा झन् कठोर बन्दै गएको पाइएको छ। 

युनिसेफका कार्यकारी निर्देशक एन्थोनी लेकले बालबालिकाहरुले पर्याप्त खाना खान नपाएको, स्वतन्त्रता नपाएको दुबै पक्षबाट पीडित बन्नुपरेको भन्दै बन्द र नाकाबन्दीले गम्भिर अवस्था सिर्जना गरिहेको बताए । 

साथै युनिसेफले बालबालिका रोग, जाडो र भोकबाट जोगिनुपर्ने माग राख्दै युनिसेफले सबै पक्षलाई नेपालमा अत्यावश्यक सामग्री आयातमा भएको अवरोध हटाउन माग गरेको छ। 

(आजको अन्नपुर्णपोष्ट दैनिकमा प्रकाशित समाचार)

प्रतिक्रिया