Edukhabar
शनिबार, २७ असार २०८३
अन्तैवाट

शिक्षामन्त्री पोखरेल भन्छन - "संविधान युगान्तकारी"

सोमबार, २० पुस २०७२

काठमाडौं, २१ पुस । शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नेपालको संविधान संसारको संविधानको तुलनामा युगान्तकारी संविधान भएको बताएका छन् ।  उनले नेपालको संविधान गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशितासहितको युगान्तकारी भएको जिकिर गरे । 

संविधानको अन्तरवस्तु, निर्माण विधि, जनताको स्वामित्व र संसारका संविधानको तुलनात्मक अध्ययनको दृष्टिले गर्व र प्रशंसणीय भएको भन्दै उहाँले संविधानबाट हिमाल, जल, जडीबुटी, कृषिको उपयोग गरेर नेपाललाई सम्बृद्ध बनाउन सकिने बाटो खुलेको दाबी गरे । 

संविधानमा तराई–मधेसका जनताले उठाएका जायज मागलाई पनि सम्बोधन गर्न सकिने उहाँले बताउनुभयो । “तराई–मधेसभित्र उठेका सबै आवाजभित्र न्यायपूर्ण आवाज छैनन् ।” मन्त्री पोखरेलले भने, “अधिकारको नाममा तराई–मधेसलाई नेपालबाट अलग गर्ने पृथकतावादसँग सम्झौता गर्न सकिन्न ।” 

दिक्तेलस्थित स्थानीय हेलिप्याडमा आयोजना गरिएको कार्यक्रममा उहाँले संविधानको विषयलाई लिएर तराई मधेसबाट विखण्डनको दिशामा लैजाने भयनाक खेल भइरहेको पनि बताए ।  “बाह्यशक्तिको आडमा तराई–मधेसलाई नेपालबाट विखण्डन गर्ने खेल भइरहेको छ ।” उनले भने, “यसका लागि सबै मिलेर परास्त गर्नुपर्ने अवस्था आएको छ ।” 

रासस 

 

प्रतिक्रिया