Edukhabar
शनिबार, २७ असार २०८३
अन्तैवाट

कमजोर विद्यार्थीका लागी अध्ययन शुरु !

बुधबार, २९ पुस २०७२

काठमाडौँ, २९ पुस । एसएलसी परीक्षामा डी र ई ग्रेड पाउने विद्यार्थीलाई उच्च शिक्षामा प्रवेश दिने वा नदिने भन्ने विषय तय गर्न शिक्षा मन्त्रालयले अध्ययन शुरु गरेको छ।  शिक्षा पत्रकार सञ्जाल (इजोन)को सोमबार सम्पन्न छैटौ वार्षिक साधारणसभामा बोल्दै शिक्षामन्त्री गिरीराजमणी पोखरेलले यस्तो बताएका हुन् । 

माथिल्लो तहमा भर्ना हुन पाउने बाध्यात्मक व्यवस्था गर्न विद्यार्थीलाई नसकिने उनको भनाई थियो ।  यस बर्षबाट एसएलसी परीक्षाको नतिजा अक्षरांक प्रणालीका आधारमा गरिदैँछ । शून्य देखि २० र २० देखि ३९ अंक ल्याउनेलाई ई र डी को ग्रेड दिइने भएपनि उनीहरु निकै कमजोर मानिन्छन् । 

परीक्षा नियन्त्रण कार्यालयले त्यस्ता विद्यार्थीलाई ग्रेड बढाउन मौका परीक्षा लिनेछ । त्यस्तो परीक्षामा पनि माथिल्लो ग्रेड नल्याउने विद्यार्थीलाई उच्च शिक्षामा भर्ना लिइने छैन् ।  उनीहरुलाई प्राविधिक शिक्षा दिने व्यवस्था गर्ने तयारी मन्त्रालयको छ ।

(गोरखापत्र दैनिकमा प्रकाशित) 

 

प्रतिक्रिया