Edukhabar
शनिबार, २७ असार २०८३
अन्तैवाट

शीतमुनि बसेर पढ्न बाध्य कलिला नानीहरु 

आइतबार, ०३ माघ २०७२

काठमाडौँ, माघ ३ । दोलखा जिल्लाको सुरी गाविस–४ सोल्जोकस्थित हलेश्वर उच्च माध्यामिक विद्यालय, जहाँ कक्षा १ देखि १२ सम्म गरी ५ सय विद्यार्थी अध्ययनरत छन्। त्यसको अवस्था देख्दा कारुणिक कथा बन्न पुग्छ, अनि आङ पनि सिरिङ हुन्छ। 

 पुस माघ महिनाको कड्यांग्रिदो चिसोसँगै सो विद्यालयमा जस्तापाताबाट तप्पतप्प पानी चुहिरेको हुन्छ। 

त्यही पानी चुहिरहने कोठाभित्र अध्ययन गरिरहेका छन्, ५ सय विद्यार्थी। सवै कोठामा शीतका थोपा चुहिरहन्छन्, त्यसैले झन् चिसो हुन्छ तर के गर्नु हामीसँग अर्को कनै विकल्प छैन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिष्णु खड्का भन्छन्। 

 हलेश्वर उच्च माविमा टाउको ओत लगाउन जसोतसो जस्ताले छाएको अस्थायी टहरो भएपनि जताततै खुल्ला छ। 

गत १२ र २९ बैशाखमा गएको भूकम्पले विद्यालय पूर्ण रुपमा भत्किनुका साथै विद्यालयले ओगटेको जमिनसमेत चिरिएपछि नजिकै रहेको जग्गा भाडामा लिएर अस्थायीरुपमा टहरो बनाइ पठनपाठनको व्यवस्था अघि बढाएको छ। 

(राजधानी दैनिकमा प्रकाशित समाचार) 

प्रतिक्रिया