Edukhabar
आइतबार, ०८ कार्तिक २०८३
अन्तैवाट

तराईका विद्यालय खुलाउन पदाधिकारी खटिने  

विहीबार, ०३ मंसिर २०७२

काठमाडौँ, ३  मंसिर । मधेसी मोर्चाको बन्दका कारण विगत तीन महिनादेखि बन्द रहेका तराई–मधेसका विद्यालय खुलाउन शिक्षा मन्त्रालयले सरोकारवालासंग संवाद शुरु गरेको छ। शिक्षामन्त्री गिरिरराजमणी पोखरलेलले बुधबार विद्यालय सञ्चालक, शिक्षक तथा प्रध्यापकसँग विद्यालय खोल्ने सन्दर्भमा छलफल शुरु गरेको मन्त्रीका प्रेस सल्लाकार लोचन खतिवडाले जानकारी दिए । 

छलफलपछि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का अध्यक्ष लक्ष्यबहादुर केसीले सरकारले तत्काल विद्यालय खुलाउन नसके समग्र शिक्षा क्षेत्र नै अस्तव्यस्त हुने बताए । उनले सरकारले तत्काल वार्ता तथा संवादको माध्यमबाट विद्यालय खोलाउने प्रयास नगरे देशभरिका ७१ लाख बालबालिका शिक्षा हासिल गर्नबाट बञ्चित बन्ने पनि बताएका थिए । 

शिक्षामन्त्रीका प्रेस सल्लाहकार खतिवडाले मन्त्रालयले तराई मधेसका विद्यालय खुलाउन मंसिर ५ गते कार्यक्रम नै तय गरी पदाधिकारी खटिने गृहकार्य भएको दाबी गरे ।

(आजको नागरिक दैनिकको पृष्ठ ३ मा प्रकाशित समाचार)

प्रतिक्रिया