Edukhabar
आइतबार, ०८ कार्तिक २०८३
अन्तैवाट

गोरखामा चिसोले पढाई प्रभावित 

विहीबार, ०३ मंसिर २०७२

काठमाडौँ, ३ मंसिर । चिसो बढेपछि उत्तरी गोरखाका १५ विद्यालयको पढाई प्रभावित भएको छ। फाट्टफुट्ट हिउँसमेत परेको र जाडोले गर्दा विद्यार्थी विद्यालय नआउँदा पढाई प्रभावित भएको शिक्षकहरुको भनाई छ । 

सात गाविसमा रहेका २६ सरकारी विद्यालयमध्ये बुद्ध मावि, शृंग हिमाली प्रावि, पाङसिङ प्रावि, सिदुङ प्रावि र विकास प्राविमा मात्रै नियमित रुपमा पठनपाठन भइरहेको छ । तिब्बतसंग सिमाना जोडिएका सामागाउँ, ल्हो, प्रोक, चुम्चेत, र छेकम्पार गाविसमा चिसो बढँेसंगै बर्षेनी पठनपाठन प्रभावित हुदैँ आएको छ ।

गत बर्षसम्म चिसोका बेला बेँसी झारेर विद्यार्थीलाई पढाइए पनि यस बर्ष बेँसीका सबै  विद्यालय गत बैशाखको भूकम्पले भत्केपछि झन समस्या थपिएको छ। सामागाउँको गौरीशंकर माविका प्रधानाध्यापक विरबहादुर लामाका अनुसार गत बर्षभन्दा अहिले चाडैँ चिसो बढेको छ। 

गत बर्ष पुसदेखि मात्र विद्यालय बन्द हुने गर्थे । सिर्दिवासको न्याक क्षेत्रभन्दा माथिका सबै विद्यालय हिँउदमा बन्द गरिन्छ । चिसोबाट विद्यार्थीलाई जोगाउने उद्धेश्यले बर्षेनी विद्यालय ४५ दिन बन्द गरिँदै आएको प िनप्रअ लामाले बताएका छन् । 

चिसोले विद्यालय फागनु पहिलो सातादेखि पुनः सञ्चालनमा ल्याउने गरिन्छ । यस बर्ष भूकम्पले गर्दा विद्यालयमा पर्याप्त पठनपाठन नभएकाले कोर्स सकाउन विद्यार्थी र शिक्षकलाई दबाब रहँदा पनि पठनपाठन प्रभावित हुने गरेको सरोकारवालाहरुको भनाई छ । 

(आजको हिमालय टाइम्सको पृष्ठ २ मा प्रकाशित समाचार।)

प्रतिक्रिया