Edukhabar
आइतबार, ०८ कार्तिक २०८३
अन्तैवाट

विद्यालय पुनःनिर्माणका लागि बजेट निकासा

सोमबार, ०७ मंसिर २०७२

काठमाडौँ, ७ मङ्सिर । वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त बनेको विद्यालयको भौतिक संरचना पुनःनिर्माणका लागि झापामा यस वर्ष रु. २७ करोड ९२ लाख ६० हजार बजेट निकासा भएर आएको जिल्ला शिक्षा कार्यालय झापाले जनाएको छ । 

झापामा सामुदायिकतर्फ मावि १११, निमावि ८५ र प्रावि १७० वटा छन् । त्यसमध्ये करिब २०० विद्यालय भूकम्पबाट क्षतिग्रस्त भएको सहायक जिल्ला शिक्षा अधिकारी उद्धव विष्टले जानकारी दिए ।  क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणमा करिव रु ३० करोड १४ लाख खर्च लाग्ने अनुमान गरिएको छ । 

जिल्ला शिक्षा कार्यालयका अनुुसार आठकोठे पाँचवटाका लागि रु तीन करोड २० लाख, छकोठे पाँचवटाका लागि रु. दुई करोड ८८ लाख, चारकोठे २१ वटाका लागि रु छ करोड ७२ लाख, तीनकोठे १९ वटाका लागि रु तीन करोड ७० लाख ५० हजार र दुईकोठे १०१ वटा विद्यालयका लागि रु १३ करोड ६३ लाख ५० हजार बजेट छुट्याइएको छ । 

(रासस) 

 

प्रतिक्रिया