Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

१८ उपसचिवको सरुवा, काठमाडौ शिक्षा इकाईमा अधिकारी, भक्तपुरमा राई

बुधबार, १३ मंसिर २०८०

काठमाडौ - शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले १८ जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयका अनुसार शिक्षा विकास तथा समन्वय ईकाई काठमाडौमा बिचारीप्रसाद अधिकारीलाई सरुवा गरिएको छ । अधिकारी यसअघि शिक्षक किताबखानामा थिए । काठमाडौ इकाई प्रमुख नन्दलाल पौडेललाई मन्त्रालय सरुवा गरिएको छ । त्यस्तै शिक्षा विकास तथा समन्वय इकाई धनकुटाका मोहन रार्ई भक्तपुर इकाईमा सरुवा भएका छन् । भक्तपुर इकाई प्रमुख रमेशप्रसाद मैनालीलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । 

शिक्षाको लागि खाद्य कार्यक्रम परियोजनाका चेतकुमार पोखरेललाई काभ्रे इकाई प्रमुखमा सरुवा गरिएको छ । शिक्षा मन्त्रालयका युवराज पौडेललाई शिक्षक किताखानाका कामु उपमहानिर्देशकको जिम्मेवारीका साथ सरुवा गरिएको छ । मन्त्रालयमा रहेका रामराज खकुरेललाई शिक्षाका लागि खाद्य कार्यक्रम परियोजनाका  निमित्त परियोजना निर्देशक बनाईएको छ । मन्त्रालयका फत्तबहादुर श्रेष्ठलाई शिक्षक किताबखाना, शिवप्रसाद रेग्मीलाई शिक्षक सेवा आयोगमा सरुवा गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका बसन्तराज पौडेललाई राष्ट्रिय परिक्षा बोर्डमा,  शिक्षा मन्त्रालयका नारायणप्रसाद पोखरेललाई बुटबल मेडिकल कलेज पुर्वाधार विकास आयोजनामामा सरुवा गरिएको छ । राष्ट्रिय परिक्षा बोर्ड एसईई परिक्षा बोर्डका देवी प्रसाद उपाध्यायलाई मन्त्रालयमा सरुवा गरिएको छ । छात्रबृति शाखाका सेमन्तराज कोइरालालाई शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखामा सरुवा गरिएको छ । मन्त्रालयकी मञ्जुकुमारी अधिकारीलाई राष्ट्रिय परिक्षा बोर्ड, धनुषा इकाई प्रमुख शान्तिराम पौडेललाई मन्त्रालयमा सरुवा गरिएको छ । उनलाई वैदेशिक अध्ययन अनुमति शाखामा पठाइने मन्त्रालयले जनाएको छ । वैदेशिक अध्ययन अनुमति शाखा प्रमुख देवका ढकाल भने मन्त्रालयमा सरुवा भएकी छिन् ।

प्रतिक्रिया