Edukhabar
शनिबार, १२ साउन २०८१
गतिविधि

निमावि लाइसेन्स उत्तीर्णको सिफारिस इकाईबाट

इकाईबाट सिफारिस लिन निवेदन, प्रवेश पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी, नागरिकताको फोटोकपी पेश गर्नु पर्ने हुन्छ ।

सोमबार, १८ मंसिर २०८०

भक्तपुर - शिक्षक सेवा आयोगबाट एक साताअघि निम्न माध्यमिक तहको लाइसेन्स परीक्षा पास भएकाले पास भएको प्रमाणित सिफारिस शिक्षा विकाश तथा समन्वय इकाईबाट लिन सक्ने भएका छन् । 

आयोगले इकाईलाई वेबसाइटमा प्रकाशित नतिजासँग भिडाएर न्यूनतम योग्यता पुरा भएको यकिन गरेर अध्यापन अनुमति पत्र उत्तीर्ण भएको प्रमाणित गरिदिने व्यवस्था गर्न निर्देशन दिएको हो । लाइसेन्स परीक्षा उत्तीर्ण उम्मेदवारलाई कुनै विद्यालयमा नियुक्तिका लागि आवेदन दिनु पर्ने भएमा तत्काललाई अध्ययपन अनुपत्रको सट्टा इकाईको सिफारिस पेस गर्न आग्रह गरेको हो । ‘उत्तीर्ण उम्मेदवारको अध्यापन अनुमति पत्र छपाई गरी वितरण गर्न केही समय लाग्ने भएकोले यदि कुनै उत्तीर्ण उम्मेदवारले कुनै विद्यालयबाट विज्ञापन भएको शिक्षक पदमा नियुक्तिका लागि आवेदन दिने प्रयोजन खुलाई अध्यापन अनुमति पत्र उत्तीर्ण भएको कागजात पेस गर्नु पर्ने हुन्छ,’आयोगले इकाईले लेखेको पत्रमा उल्लेख छ । इकाईबाट सिफारिस लिन निवेदन, प्रवेश पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाणपत्रको फोटोकपी, नागरिकताको फोटोकपी पेश गर्नु पर्ने हुन्छ । 

आयोगले लिएको परीक्षामा १३ हजार उत्तीर्ण भएका छन् । 

 

प्रतिक्रिया