Edukhabar
शनिबार, २७ मंसिर २०८२
गतिविधि

शिक्षकलाई धम्की सहित दबाब आयो : महासंघ

केन्द्राध्यक्षहरुलाई काठमाडौंको सडक प्रर्दशनमा सहभागी हुन महासंघले आह्वान

मंगलबार, ०९ बैशाख २०८२

काठमाडौं - कक्षा १२ को परीक्षा पूर्व निर्धारित मितिमै गर्ने गरी तयारी अघि बढाईए पछि आन्दोलनरत नेपाल शिक्षक महासंघले परीक्षा सञ्चालनमा सहभागी हुन धम्की सहितको दबाब आएको बताएको छ ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले विज्ञप्ति जारी गर्दै परीक्षाको कुनै पनि प्रकृयामा सामेल नहुन शिक्षकहरुलाई फेरी सचेत गराएका छन् । 

'कक्षा १२ को परीक्षा सञ्चालन गर्ने समबन्धमा केन्द्र परेको विद्यालयका प्रधानाध्यापक र शिक्षकलाई राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी तथा जिल्ला प्रशासन कार्यालयका पदाधिकारीबाट धम्की सहित परीक्षाको प्रकृयामा सामेल हुन दबाब आएको छ' विज्ञप्तिमा भनिएको छ । 

केन्द्राध्यक्षहरुलाई काठमाडौंको सडक प्रर्दशनमा सहभागी हुन पनि महासंघले आह्वान गरेको छ । 

आउँदो बिहीबारका लागि निर्धारित कक्षा १२ को परीक्षामा असहयोग गर्ने महासंघको घोषणा भए पनि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा हुने जिल्ला परीक्षा समन्वय समितिले आवश्यकता अनुसार कर्मचारी परिचालन गरेर परीक्षा सञ्चालन गर्ने बोर्डले निर्णय गरेको छ । 

कक्षा १२ को परीक्षामा झण्डै पाँच लाख विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ । 

प्रतिक्रिया