भक्तपुर - यस बर्ष कक्षा १२ को परीक्षा आगामी बैशाख १४ गतेबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको परीक्षा तालिका अनुसार बैशाख २७ गते सम्ममा सबै परीक्षा सम्पन्न हुने छ ।
तोकिएको परीक्षा कार्यक्रम अनुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीका लागि पुनः अर्को व्यवस्था नगरिने बोर्डले जनाएको छ । कुनै आकस्मिक बिदा पर्न गएमा समेत परीक्षा नियन्त्रण कार्यालयको पूर्व सूचनाविना परीक्षा स्थगित नगरिने समेत बोर्डले जनाएको छ ।
यस बर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ६० हजार विद्यार्थी रहेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए । आँशिकको संख्या भने केही दिन पछि मात्रै यकिन हुने उनले बताए । गत बर्ष कक्षा १२ मा नियमित तर्फ तीन लाख ९६ हजार तीन सय ४७ र आँशिक तर्फ एक लाख १४ हजार छ सय ४० विद्यार्थी परीक्षामा सहभागी थिए ।
गत बर्ष कक्षा १२ को परीक्षा बैशाख २१ गते देखि शुरु भएको थियो । नेपाल शिक्षक महासंघले गरेको सडक प्रर्दशनका कारण गत बर्षको परीक्षा तोकिएकै समयमा हुने नहुने अन्योलमा परेको थियो । शुरुमा ११ गतेका लागि तोकिएको परीक्षामा नसघाउने शिक्षक नेताहरुका धम्किका कारण परीक्षा बोर्डले कर्मचारी परिचालन गरेर भए पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो । यही विवादका बिच बोर्डले १० दिन पछि सारेर बैशाख २१ गतेबाट परीक्षा गर्ने निर्णय गरेको थियो ।
हेर्नुहोस् यस बर्षको रुटिन :
प्रतिक्रिया