काठमाडौ - विभिन्न तहका परीक्षा लक्षित गरी हुँदै आएका 'ब्रिज कोर्ष'का कक्षा सञ्चालनमा सरकारले रोक लगाएको छ । विद्यार्थीको मनोविज्ञान तथा शिक्षामा समतामूलक पहुँचमा नकारात्मक प्रभाव पार्ने र विद्यार्थीका लागि अनावश्यक आर्थिक बोझ समेत पर्न जाने भन्दै मन्त्री सस्मित पोखरेलले नियुक्ति भएकै दिन गत शुक्रबार गरेको निर्णय मन्त्रालयले आईतबार सार्वजनिक गरेको हो ।
विद्यालय तहका विभिन्न कक्षा र उच्च शिक्षाका विभिन्न तहमा भर्ना लक्षित प्रवेश परीक्षा तयारी कक्षा एवं 'ब्रिज कोर्ष'का नाममा विभिन्न संस्थाहरुले त्यस्ता कक्षा सञ्चालन गर्दै आएका छन् । त्यस्ता कार्यक्रम आगामी बैशाख १ गतेदेखि पूर्ण रुपमा बन्द गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटा द्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
'यस्ता कार्यक्रमहरु सञ्चालन भए नभएको अनुगमन गरी सञ्चालन गरेको पाईएमा प्रचलित कानन बमोजिम कारबाहीको प्रकृया अगाडी बढाउन समेत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुलाई अनुरोध गरिन्छ' विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया