Edukhabar
सोमबार, ०१ असार २०८३
गतिविधि

शिक्षक सरुवामा रोक, ३ बुँदे निर्देशन

शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन

सोमबार, ०१ असार २०८३

भक्तपुर - सामुदायिक विद्यालयका शिक्षकको सरुवामा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा नगर्न संघीय सरकारले निर्देशन दिएको छ  । शिक्षा मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव श्रोत विकास केन्द्रले जिल्ला स्थित शिक्षा विकास तथा समन्वय इकाइ र स्थानीय तहरुलाई ३ बुँदे निर्देशन जारी गरेको छ । 

सोमबार पत्र लेखि जारी गरीएको उक्त निर्देशनमा स्थायी पदपूर्तिका लागि शिक्षक सेवा आयोगमा माग गरिएको पदमा जिल्लान्तर तथा अन्तर स्थानीय तह सरुवा गरी पदपूर्ति नगर्न निर्देशन दिईएको छ ।

यस्तै खुद पुल दरबन्दी रहेका स्थानीय तहको हकमा उक्त खुद पुल दरबन्दीको शिक्षक पदमा सरुवा नगर्न केन्द्रले भनेको छ ।

७५ प्रतिशत कार्यसम्पादन मूल्याङ्कनका आधारमा हुने बढुवाका लागि निवेदन पेस गरेका सम्भाव्य उम्मेदवारको हकमा बढुवाको नतिजा प्राप्त नभएसम्म सरुवा सहमति नदिन केन्द्रले निर्देशन दिएको छ ।

प्रतिक्रिया