Edukhabar
आइतबार, ३१ साउन २०८३
गतिविधि

केयु र अखिल क्रान्तिकारीबीच वार्ता चल्दै 

विहीबार, १६ पुस २०७२

काठमाडौँ, १६ पुस । तोकिएको शुल्क र मेरिट लिस्टका आधारमा एमबिबिएस विद्यार्थी भर्ना गर्नुपर्ने भन्दै अखिल क्रान्तिकारीले काठमाडौँ विश्वविद्यालयमा लगाएको तालाका विषयमा बिहीबार वार्ता भएको छ। 

राजधानीमा जारी वार्तामा क्रान्तिकारीका तर्फबाट अध्यक्ष पूर्ण बहादुर सिंह र केयुका तर्फबाट रजिस्ट्रार डा. भोला थापाको नेतृत्वमा दुबै पक्षबीच वार्ता भइरहेको क्रान्तिकारीका काठमाडौँ विश्वविद्यालय कार्यवाहक संयोजक नरेन्द्र बहादुर विश्वकर्माले एडुखबरलाई जानकारी दिए । 

एमबिबिएसमा ३५ लाख र बिडिएसमा १८ लाख लिएर विद्यार्थी भर्ना गर्नुपर्ने, नयाँ मेरिट लिस्ट कायम गर्नुपर्ने, चिट चोराएर एमबिबिएसका विद्यार्थीलाई पास गराउने डिनलाई बर्खास्त गर्नुपर्ने लगायतका माग राख्दै एकसाता अघि क्रान्तिकारीले केयुमा ताला लगाएको थियो । 

आज पहिलो चरणको वार्ता भएकोले सहमतिको सम्भावना भने निर्क कम रहेको उनले जानकारी दिए । 

 

 

 

प्रतिक्रिया