Edukhabar
शनिबार, २७ मंसिर २०८२
गतिविधि

शिक्षा ऐन विधेयकमा ३९ वटा संशोधन प्रस्ताव

विहीबार, २३ पुस २०७२

काठमाडौँ, २३ पुस । संसदमा रहेको शिक्षा ऐनको आठौँ संशोधन विधेयक छलफलका लागी महिला तथा बालबालिका समितीमा पुगेको छ।

संसद सचिवालयका त्रिविक्रम पराजुलीका अनुसार सो विधेयकमा संशोधन प्रस्ताव हाल्ने अन्तिम मिती पुस १६ गतेसम्म विभिन्न सांसदहरुले ३९ वटा संशोधन प्रस्ताव पेश गरेका छन् ।

पराजुलीका अनुसार महिला तथा बालबालिका समितीमा आवश्यक संशोधन गर्न छलफल भएपछि विधेयक फेरी संसदमा पुग्नेछ । 

समितीमा भएको छलफल र आवश्यक संशोधनपछि विधेयक पुनः संसदमा जानेछ भने अन्तिम छलफलले विधेयक पारित गर्नेछ । 

 

 

 

 

प्रतिक्रिया