Edukhabar
मंगलबार, ०३ भदौ २०८२
खबर/फिचर

फ्रि वाइफाई जोन बन्दै विश्वविद्यालय

आइतबार, २० जेठ २०७५

काठमाडौ - विश्वविद्यालय परिसरलाई फ्रि वाइफाई जोन बनाउने उद्धेश्यका साथ फाइवर एवं प्रविधि जडानको काम अन्तिम चरणमा पुर्याएको त्रिभुवन विश्वविद्यालयको सूचना तथा प्रविधि केन्द्रले जनाएको छ । नेपाल टेलिकमसँगको सहकार्यमा शुरु उक्त काम अन्र्तगत पहिलो चरणमा केन्द्रीय विभागहरु, केन्द्रीय पुस्तकालय लगायतका निकायहरुमा फाइवर जडान कार्य भइरहेको छ ।

आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा भएको एक कार्यक्रममा केन्द्रले सवै निकायहरुको प्राविधिक नसाङ्कन तयार भएको जानकारी गराएको छ ।

कार्यक्रमा त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले देशभरिका सम्पूर्ण आंगिक क्याम्पसहरुलाई प्रविधिको माध्यामवाट विश्वविद्यालयसँग जोड्ने योजना रहेको बताए । त्रिविलाई प्रविधिमैत्री बनाउने र विद्यार्थीलाई प्रविधिको माध्यामवाट सिकाइ प्रक्रियामा संलग्न गर्न गराउन प्रविधिमैत्री कक्षाकोठा निर्माण गरिने जानकारी समेत दिए ।  यसका लागि विश्वविद्यालयले ९ करोड रुपैया छुट्याइ सकेको र नपुग रकम पनि व्यवस्था गर्ने उनले बताए ।

कार्यक्रममा सूचना तथा प्रविधि केन्द्रलाई प्राविधिक सहयोग गर्दै आइरहेको योमरी कम्पनीले पछिल्ला गतिविधि एवं योजना समेत समेटिएको कार्यपत्र प्रस्तुत गरेको थियो । ६ महिना सम्म प्रविधि जडानका सम्पूर्ण कामहरु सक्नेगरी कम्पनीले काम गरिरकेको सूचना तथा प्रविधि केन्द्रका प्रमुख दिपक बहादुर शाहीले बताए । २४ सै घण्टा सञ्चालन हुनेगरी सरभर बनाउने, डाटावेस निर्माण गर्ने, सम्पूर्ण निकायमा इण्टरनेटको सुविधा उपलब्ध गराउने योजना रहेको शाहीले जानकारी दिए ।

प्रतिक्रिया