काठमाडौं - विदेशका कलेजमा अध्ययन गर्न गएका नेपाली विद्यार्थीको पठनपाठनका विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै नेप्लिज मेडिकल स्टुडेण्ट एशोसिएशन बंगलादेशले अल्टिमेटम दिएको छ ।
एशोसिएशनले चिकित्सा शिक्षा अध्ययन गर्न बिदेशमा पुगेका विद्यार्थीको बारेमा उठेका प्रश्न र समस्याहरु ७२ घण्टा भित्र सम्बोधन गर्न सरकारले प्रयास नथाले कडा आन्दोलनमा उत्रिने चेतावनी दिएको हो ।
एशोसिएशनका अध्यक्ष नविन यादवले आईतबार एक विज्ञप्ति निकालेर पूर्वमन्त्री एवं सांसद पद सम्हालेका केही बरिष्ठ ब्यक्तित्वहरुबाट बंगलादेशको पठनपाठनका बिषयमा आएका अभिव्यक्तिहरुले आफूहरुलाई झन् शसंकित बनाएको उल्लेख गरेका छन् । हरेक सचाई, हक र अधिकारको चिजलाई राजनीति तरिकाले मात्र नहेरियोस, हामीले यति बुझेका छौ कि राजनीति र सचाई बिल्कुलै फरक कुरा भएको उल्लेख गर्दै विज्ञप्तिमा आफ्ना मागहरु पुरा नभए कडा आन्दोलनमा उत्रन बाध्य हुने धम्कि दिईएको छ ।
बंगलादेशको मेडिकल शिक्षा अध्ययनलाई लिएर अनेकन टिप्पणीहरु आउने क्रम जारी रहेको स्मरण गर्दै केही कन्सल्टेन्सीहरुले विद्यार्थीलाई झुक्याएर भने अनुसारको कलेजमा भर्ना नगराउने, कलेजहरुबाट प्रति विद्यार्थी ५ देखि ७ लाख कमिसन पाउने स्वार्थमा अनेकन समस्याबाट प्रताडित बनाउने उल्लेख गरिएको छ ।
नेपाल सरकारको आधिकारिक निकाय नेपाल मेडिकल काउन्सिलको लापरबाही नै यि समस्याहरुको मुख्य कारक ठोकुवा गर्दै एशोसिएशनले शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्विकृती ( एनओसी ) पाएर पढ्न गएका विद्यार्थीले बंगलादेश लगायत अन्य मूलुकका केही कलेजहरु कालोसूचिमा परेको पाए पछि बिचल्लि हुने गरेको यथार्थता समेत दर्शाएको छ ।
'हाम्रो देशमा सहि र गलत को छानबिन गर्नु भन्दा पहिला त्यसलाई निन्दा गर्ने कि झुठा तारिफ गर्ने , यी दुइ वटा पक्षमा हामि तयार हुन्छौ ! यसले गर्दा एउटा मार हुन्छ हरेक सचाई झुठमा परिणत भएको छ र हरेक झुठलाइ सचाई बनाइएको छ' विज्ञप्तिमा भनिएको छ ।
एशोसिएशनले बंगलादेश लगायत बिदेशका कलेजहरुमा अध्ययनरत ८ हजार विद्यार्थीको पठन पाठनका विषयमा नेपाल सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न र शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्वीकृती पाएर बिदेशका विभिन्न कालो सूचिमा परेका कलेजहरुमा पढ्दै गरेका नेपाली विद्यार्थीलाई नेपाल कै मेडिकल कलेजहरुमा स्थानान्तरण गर्न माग गरेको छ ।
यस्तै बिदेशका कलेजमा मेडिकल शिक्षा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको ईन्टनसिपको व्यवस्था नेपालकै मेडिकल कलेजहरुमा गराउन र नेपाली विद्यार्थीलाई सहयोगका नाममा ठगि गर्ने, झुक्याउने एवं वंगलादेश, चीन, रसिया, फिलिपिन्स पठाउने कन्सल्टेन्सिहरुमाथि छानबिन गरी तत्काल मुद्धा चलाउन माग गरिएको छ ।
एशोसिएशनले बिदेशिन बाध्य भएका केही निर्दोष नेपाली विद्यार्थीको बिभिन्न समस्या एवं केहि समय यता भएको नेपाली विद्यार्थीको आत्महत्याका बिषयमा नेपाल सरकारले न्यायिक छानबिन टोली गठन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सकेत माग गरेको छ ।
यसै गरी सरकारले कम्तिमा पनि सम्पूर्ण मेडिकल कलेजमा बिशेषज्ञता तह मा १५ सय भन्दा बढी एमडी÷एमएस÷एमडिएसमा सिट निर्धारण गर्न पनि एशोसिएशनको माग छ ।
प्रतिक्रिया