Edukhabar
शनिबार, १० साउन २०८२
खबर/फिचर

निजी विद्यालयले दिने छात्रवृत्ति 'गैंडाले चाटे जस्तो'

मंगलबार, २९ माघ २०७५

काठमाडौं - निजी विद्यालयले उपलब्ध गराउने १० प्रतिशत छात्रवृत्तिलाई उच्च शिक्षामा पनि निरन्तर गर्न सांसदले माग गरेका छन् । मंगलबार बसेको संसद बैठकको शुन्य समयमा बोल्दै सत्ताधारी दल नेकपाका सांसद विरोध खतिवडाले उक्त छात्रवृत्तिलाई गैंडाले चाटेको जस्तो भन्दै व्यङ्य गरेका छन् । 

'गैंडाले मायाँ गरेर चाट्यो भने छाला खुईलिन्छ बैठकमा' उनले प्रश्न गरे 'दलित तथा लोपोन्मुख वर्गलाई सुविधा र अवसरका लागि दिएको चिज जब उच्च शिक्षामा पाईदैन भने यसको के अर्थ रह्यो ?' 

माध्यमिक शिक्षा पार गरे पछि उच्च शिक्षामा पढ्न जाँदा पनि विद्यार्थीले उक्त सुविधा पाउनु पर्ने उनको माग छ । 

निजी तथा आवासीय विद्यालयले दिने १० प्रतिशत निशुल्क शिक्षा उच्च शिक्षाका लागि नहुँदा दण्ड सजाय दिए जस्तो भएको उनले बताए । 

'खास गरेर लक्षित वर्गहरु दलित, लोपोन्मुख लगायतका मान्छेहरुले त्यो सुविधा पाउँछन्' उनले भने, 'तर माध्यमिक शिक्षा पार गरेपछि उच्च शिक्षामा पढ्न जाँदा उनीहरुले यो सुविधा पाउँदैनन् । निजी तथा आवासीय विद्यालयबाट आएकालाई त्यो सुविधा छैन ।'

सामुदायिक विद्यालदयबाट आएकाले मात्र त्यो सुविधा पाउने भएकाले निजीबाट आएका उक्त वर्गका विद्यार्थीलाई पनि छात्रवृत्ति निरन्तर गर्न खतिवडाले शिक्षा मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । 

प्रतिक्रिया