भक्तपुर - कक्षा १० को अन्तिम परीक्षाको नतिजा अनुसार सबै भन्दा धेरै विद्यार्थी नन् ग्रेडेड हुने प्रदेशमा मधेस प्रदेश रहेको छ । मधेसमा नियमित तर्फ परीक्षामा सहभागी ५९ हजार सात सय ४९ विद्यार्थी मध्ये ४२ हजार सात सय ७९ जना नन् ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
सबै भन्दा कम नन् ग्रेडेड विद्यार्थी भएकोमा बागमती प्रदेश रहेको छ । बागमतीमा परीक्षामा सहभागी एक लाख १९ हजार पाँच सय १७ विद्यार्थी सहभागी भएकोमा २० हजार नौ सय ४७ विद्यार्थी नन् ग्रेडेड भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४७ हजार आठ सय ४९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा ११ हजार तीन सय २८ विद्यार्थी नन् ग्रेडेड भएका छन् ।
कोशीमा ४७ हजार आठ सय ३५ विद्यार्थी मध्ये २३ हजार छ सय ३१ नन् ग्रेडेड भएका छन् भने लुम्बिीनीमा ५७ हजार छ सय ८७ मध्ये २८ हजार दुई सय ७४, कर्णालीमा ४६ हजार चार सय ५५ मध्ये १३ हजार सात सय ६५ र सुदुर पश्चिममा ५९ हजार आठ सय चार मध्ये २६ हनार आठ सय ७४ जना विद्यार्थी नन् ग्रेडेड भएका छन् ।
नतिजाका बारेमा यो खबर पनि पढ्नुहोस् : एसईईको नतिजा सार्वजनिक
प्रतिक्रिया