Edukhabar
शनिबार, १४ असार २०८२
गतिविधि

एसईईमा नन् ग्रेडेड सबै विद्यार्थीका लागि मौका परीक्षा

तत्कालिन शिक्षामन्त्री सुमना श्रेष्ठको विवादित निर्णयकै आधारमा मौका परीक्षा, साउन २९ गतेको मिति तय

शुक्रबार, १३ असार २०८२

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा नन् ग्रेडेड भएका विद्यार्थीका लागि साउन २९ गते मौका परीक्षाको मिति तय भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार साँझ अबेर सार्वजनिक गरेको नतिजा अनुसार एक लाख ६७ हजार पाँच सय ९७ विद्यार्थी नन् ग्रेडेड भएका छन् । 

नन् ग्रेडेड भएका सबै विद्यार्थीले मौका परीक्षा दिन पाउने परीक्षा नियन्त्रक डा. गणेश प्रसाद भट्टराईले बताए । 

'गत बर्ष निर्देशिकामा भएको शँसोधनकै आधारमा मौका परीक्षा सञ्चालन हुन्छ' उनले भने । 

तत्कालिन शिक्षा मन्त्री सुमना श्रेष्ठले कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा नन् ग्रेडेड सबै विद्यार्थीलाई पुरक परीक्षामा सहभागी गराउने गरी निर्देशिका संशोधन गरेकी थिइन् । अघिल्लो बर्ष भएको संशोधनले दुई विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्थालाई बदलेर श्रेष्ठले दुई भन्दा बढी विषयमा नन् ग्रेडेड विद्यार्थीलाई समेत मौका परीक्षामा सहभागी हुने व्यवस्था गरेकी थिईन् । त्यस अघि दुई भन्दा धेरै विषयमा नन् ग्रेडेड विद्यार्थीले अर्को वर्ष सबै विषयमा परीक्षा दिनुपर्ने निर्देशिकामा व्यवस्था थियो । 

जति वटा विषयमा एनजी आएको छ त्यसमा तीन वर्षसम्म निरन्तर परीक्षा दिन पाउने व्यवस्थालाई हटाएर एसईईमा एनजी आउने सबैले परीक्षा दिन पाउने गरी निर्देशिका संशोधन गर्ने उनको निर्णयले बन्न लागेको थिती फेरी थमिलो बनाएको भन्दै आलोचना भएको थियो । 

यो कार्य दिर्घकालिन समाधान नभएको भन्दै शिक्षाविद्हरुले गम्भिर विमती जनाएका थिए । 

पढ्नुहोस् : शिक्षा मन्त्री, थिती बिगार्ने बाटोबाट पछि हट !

नतिजामा चित्त नबुझे असार २३ भित्र पुनर्योगका लागि आवेदन दिन सकिने छ ।

एसईई २०८१ को नतिजाका यी खबर पनि पढ्नुहोस् : एसईईको नतिजा सार्वजनिक, ६१ दशमलब ८१ प्रतिशत विद्यार्थी ग्रेडेड 

एसईई नतिजा : मधेस प्रदेशमा सबैभन्दा धेरै विद्यार्थी नन् ग्रेडेड
 

प्रतिक्रिया