Edukhabar
सोमबार, २३ असार २०८२
गतिविधि

सामुदायिकका ५२ प्रतिशत विद्यार्थी ग्रेडेड

गत वर्ष सामुदायिकबाट परीक्षा दिएका मध्ये ३५ प्रतिशत मात्रै ग्रेडेड भएका थिए । निजीका ७८.३५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए ।

आइतबार, २२ असार २०८२

भक्तपुर - कक्षा १० को अन्तिम परीक्षा (एसईई) मा सामुदायिक विद्यालयका ५२ प्रतिशत विद्यार्थी मात्रै ग्रेडेड भएका छन् । २०८१ सालको एसईईमा तीन लाख पाँच हजार एक सय २७ विद्यार्थीले परीक्षा दिएकोमा एक लाख ५७ हजार एक सय ७७ विद्यार्थी कक्षा ११ मा भर्ना हुन योग्य भएका हुन् । यो संख्या परीक्षा दिएका विद्यार्थी मध्ये ५१ दशमलब ५१ प्रतिशत हो । 

परीक्षा नियन्त्रक डा.गणेश भट्टराईका अनुसार सामुदायिक विद्यालयबाट परीक्षा दिएकोमा एक लाख ४७ हजार नौ सय ५० विद्यार्थीको नतिजा एनजी आएको छ । ग्रेडेड मध्ये ६२ हजार पाँच सय २२ विद्यार्थीले २.० देखि ३.२० जीपीए प्राप्त गरेका छन् ।

public_private_SEE_2081_01सामुदायिकबाट परीक्षा दिएका मध्ये ३९.७७ प्रतिशत यो समूहको जीपीए ल्याएका हुन् । १.६ देखि ३.२० जीपीए ल्याउने विद्यार्थी ६९.२७ प्रतिशत छन् । निजीमा भने यही समूहसम्म ग्रेडेड हुने २.७८ प्रतिशत मात्रै छन् । 

निजी विद्यालयका एक लाख ३३ हजार सात सय ६९ विद्यार्थीले परीक्षा दिएकोमा १ लाख १४ हजार एक सय २२ विद्यार्थी ग्रेडेड भएका छन् । निजी विद्यालयबाट परीक्षा दिएका मध्ये ८५.३१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका हुन् । 

३.६० देखि ४ जीपीए ल्याउने सामुदायिकमा ३.८८ प्रतिशत छन् भने निजीको २७.१७ प्रतिशत छ ।  गतवर्ष सामुदायिकबाट परीक्षा दिएका मध्ये ३५ प्रतिशत मात्रै ग्रेडेड भएका थिए । निजीको ७८.३५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए । 
गतवर्ष नियमित तर्फ ४७.७ प्रतिशत विद्यार्थी ग्रेडेड भएकोमा यसपाली ६१.८१ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् ।

 

प्रतिक्रिया