Edukhabar
विहीबार, २२ साउन २०८२
गतिविधि

आन्तरिक, जेष्ठता र कार्यक्षमतामा मात्रै शिक्षकको बढुवा

पाँच वर्षमा औषत ८० अंक ल्याएमा स्थायी शिक्षकको बढुवा हुने, तृतीय तह खुल्ला प्रतिष्पर्धाबाट मात्रै छनोट हुनेछ । दोस्रो र तेस्रो तहमा भने आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यक्षमताको मुल्याङकनलाई आधार मानिने

विहीबार, २२ साउन २०८२

काठमाडौं - पाँच वर्षमा औषत ८० अंक ल्याएमा स्थायी शिक्षकको बढुवा हुने गरी विद्यालय शिक्षा विधेयकमा सहमती जुटेको छ । यस अघि ९० अँकमा ल्याए शिक्षक बढुवा हुने विषयमा समितिका सदस्य सांसदहरु बिच भनाभन नै भए पछि असार २२ गते रोकिएको प्रतिनिधि सभा अन्तरगतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहीबार बसेको बैठकमा उक्त सहमती जुटेको हो । 

परामर्श तथा समन्वय उपसमितिमा भएको सहमतीलाई फुल समितिले टुङ्ग्याएको गरेको हो । आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यसम्पादन मूल्याङकन, कार्यक्षमताको मूल्याङकनको आधारमा बढुवा गर्ने सहमती भएको छ । तृतीय तह खुल्ला प्रतिष्पर्धाबाट मात्रै छनोट हुनेछ । दोस्रो र तेस्रो तहमा भने आन्तरिक प्रतियोगिता, जेष्ठता र कार्यक्षमताको मुल्याङकनलाई आधार मानिने छ । आधारभूत तहको दोस्रो तहमा आन्तरिक २०, जेष्ठतामा ४०, कार्य सम्पादनको मुल्याङ्कन ४० अंक, प्रथम श्रेणीको आन्तरिक १०, जेष्ठता ४५, कार्यक्षमताको मुल्याङकनमा ४५ अंक बनाउनेमा सहमती भएको हो । 

त्यस्तै माध्यमिक तहको खुला प्रतियोगिताद्धारा ८० प्रतिशत मात्रै हुने छ । आन्तरिकबाट २० अंक छ । द्धितीयमा आन्तरिक प्रतियोगिताबाट २०, जेष्ठतमा ४०, कार्यक्षमताका् ४० अंक हुने भएको छ । त्यस्तै प्रथम तहमा आन्तरिकमा १०, जेष्ठतामा ४५ र कार्यक्षमतामा ४५ अंक रहेको छ । 

शिक्षकको कार्यसम्पादन मुल्याङ्कनको गणना गर्दा पछिल्लो पाँच वर्षको कार्यसम्पादन मुल्याकन औषतमा ९० प्रतिशत प्राप्त गरेको हुनु पर्ने प्रस्ताव थियो । परामर्श समितिले ८० प्रतिशतमा सहमती जुटाएको हो ।
 

बिहीबारबो बैठकमा जुटेको अन्य सहमतीको खबर पढ्नुहोस् : शिक्षक महासंघका पदाधिकारीलाई एक वर्षसम्म काज

प्रतिक्रिया