काठमाडौ - त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थानका डीन प्रा.डा. सुशीलबहादुर बज्राचार्यलाई निमित्त उपकुलपतिको जिम्मेवारी तोकिएको छ । विश्वविद्यालयको दैनिक कार्यसञ्चालनका लागि प्रधानमन्त्री एवं कुलपति वालेन्द्र शाहले बज्राचार्यलाई जिम्मेवारी दिएका हुन् ।
केही नेपाल ऐन संशोधन अध्यादेश जारी हुने भएपछि गत बैशाख १७ गते तत्कालिन उपकुलपति प्रा.डा. दीपक अर्यालले राजीनामा दिएसँगै उपकुलपति पद रिक्त थियो । नयाँ उपकुलपति सिफारिसका लागि शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सिफारिस समिति गठन भई आवेदन समेत माग भइसकेको छ ।
बज्राचार्य डिपार्टमेण्ट अफ आर्किटेक्चर एण्ड अर्वान प्लानिङ्गमा कार्यरत उनलाई तत्कालिन सरकारले २०८१ मंसिरमा डीन नियुक्त गरेको थियो । बज्राचार्यले जमल स्थित राष्ट्रिय नाच घर सहित विभिन्न भवनहरूको डिजाइन गरेका छन् ।
प्रतिक्रिया