Edukhabar
शनिबार, १६ जेठ २०८३
गतिविधि

विद्यालय शिक्षामा लगानी बढाईने

विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाईने

शुक्रबार, १५ जेठ २०८३

काठमाडौ - सरकारले आगामी बर्ष विद्यालय शिक्षामा लगानी बढाउने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्ले द्वारा शुक्रबार प्रस्तुत आगामी आर्थिक बर्षको बजेटमा उक्त कार्यक्रम उल्लेख गरिएको हो ।  समग्र शैक्षिक ईको सिष्टममा प्रणालीगत पुर्नसंरचना गर्ने उल्लेख गरिएको बजेटमा राष्ट्रिय विद्यालय नक्सांकन र पुर्वाधार अडिट,  शिक्षक क्षमता परीक्षण, एआई एड टेक तत्परता मूल्याँकन समेतका आधारमा नवप्रवर्तन तथा सीप केन्द्रित शिक्षा विस्तार गर्न विद्यालय शिक्षामा लगानी बढाईने उल्लेख छ । 

'शिक्षा प्रणालीलाई विद्यालय केन्द्रित प्रणालीमा रुपान्तरण गर्दै शैक्षिक गुणस्तर अभिवृद्धि र पूर्वाधार निर्माणमा अभिभावकीय सहयोग स्विकार गर्ने नीति लिएका छौं' बजेट प्रस्तुत गर्दै वाग्लेले भने  'विद्यालय व्यवस्थापन समितिलाई गुणस्तरीय शिक्षा सुनिश्चितताको माध्यम बनाउने छौं ।' 

सम्पूर्ण शैक्षिक संस्थामा सफा शौचालय अभियान सञ्चालन गर्ने बजेटमा उल्लेख छ । 

उच्च शिक्षालाई अनुसन्धान, नवप्रवर्तन, ज्ञान उत्पादन र  राष्ट्रिय क्षमता निर्माणको केन्द्रका रुपमा पुर्नसंरचना गर्ने 

चिकित्सा नर्सिङ सूचना प्रविधि लगायत उच्च शिक्षाका विभिन्न विधामा हाल लगाइएको कोटालाई चालु आर्थिक वर्षभित्र पुनरावलोकन गरी उल्लेख्य वृद्धि गर्ने बजेटमा उल्लेख छ । 

अधिकांश समष्टिगत आर्थिक परिसूचक सुधारोन्मुख रहेको बताउँदै वाग्लेले मुलुकमा राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको उल्लेख गर्दै बजेट भाषण शुरु गरेका थिए । ‘मुलुक अहिले वृहत आर्थिक सुधारको निर्णायक मोडमा उभिएको छ । राजनीतिक अस्थिरताको दुश्चक्र समाप्त भएको छ’ उनले भने ।

सरकारले ठूला किसानलाई प्रोत्साहन दिने भएको छ । न्यूनतम २ करोडसम्म पूँजी लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने पाइलट कार्यक्रम सञ्चालन गरिने बजेट वक्तव्यमा उल्लेख छ ।
आयकरको न्यूनतम सीमा बढाएर सरकारले अब १० लाख कायम गरेको छ ।  
 

प्रतिक्रिया