Edukhabar
विहीबार, २१ जेठ २०८३
गतिविधि

शिक्षा समितिमा उपसमिति गठन

आफ्नो कामलाई थप चुस्त बनाउन समितिले उपसमिति गठन गरेर काम गर्ने अभ्यास

विहीबार, २१ जेठ २०८३

काठमाडौ - प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले शिक्षा सम्बन्धि अध्ययन उपसमिति गठन गरेको छ । उपसमितिमा सत्ताधारी दल राष्ट्रिय स्वतन्त्र पार्टिका सांसदहरू रौतहट ४ का गणेश पौडेल र कैलाली ३ का जगतप्रसाद जोशी सदस्य छन् । यस्तै विपक्षी दलका तर्फबाट एमालेका सामानुपातिक सांसद गुरुप्रसाद बराल र श्रम संस्कृतीका समानुपातिक सांसद  राधिका रम्तेल सदस्य छन् । नेपाली कम्युनिष्ट पार्टिका सल्यानका सांसद रमेशकुमार मल्ल पनि उपसमितिको सदस्य रहेका छन् ।

समितिको बैठकले शिक्षा सहित विभिन्न ६ उपसमिति गठन गरेको हो  । परामर्श तथा समन्वय उपसमिति,  स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमिति, विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमिति, सूचना तथा सञ्चार अध्ययन उपसमिति र  खेलकुद अध्ययन उपसमिति गठन गरिएको छ ।

परामर्श तथा समन्वय उपसमितिमा सांसदहरू डा. लेखजंग थापा,  पुकार बम,  प्रभा ढकाल,  सीता थपलिया,  रिङगला यादव, रमेशकुमार मल्ल, राधिका रम्तेल र महावीर पुन छन् । 

त्यस्तै स्वास्थ्य तथा खाद्य स्वच्छता अध्ययन उपसमितिमा कामिनी कुमारी, डा. चन्द्रमोहन यादव, डा. तोसिमा कार्की,  प्रभा ढकाल, रिङ्गला यादव र लेखजंग थापा सदस्य छन् ।

विज्ञान, प्रविधि तथा नवप्रवद्र्धन अध्ययन उपसमितिमा सांसदहरू कुशुम महर्जन,  झविलाल डुम्रे, पुकार बम, डा. प्रमिलाकुमारी गच्छदार र  महावीर पुन सदस्य छन् ।

सूचना तथा सञ्चार अध्ययन उपसमितिमा खुशवु सरकार श्रेष्ठ, शम्भुकुमार यादव, रविन महतो,  विष्णुबहादुर खड्का र  हरिप्रसाद भुसाल सदस्य छन् । 

खेलकुद अध्ययन उपसमितिमा सांसदहरू अच्युतम लामिछाने,  चन्दनकुमार सिंह, भीमकुमारी बुढामगर, राजन गौतम र  सिता थपलिया छन् । 

उपसमितिको संयोजनको जिम्मेवारी समितिकी सभापति डा. ओजश्वी शेरचनले नै गर्ने छिन् । 

संसदीय समितिलाई मिनि संसद समेत भनिन्छ । सरकारको कामको मूल्याङ्कन तथा विभिन्न विधेयकहरूमा छलफल गरी  टुङ्गो लगाउने जिम्मेवारी समितिलाई हुन्छ । आफ्नो कामलाई थप चुस्त बनाउन समितिले उपसमिति गठन गरेर काम गर्ने अभ्यास हुँदै आएको छ । मूल समितिमा २७ सदस्य रहेका छन् । 

प्रतिक्रिया