Edukhabar
शुक्रबार, २७ भदौ २०८२
विचार / विमर्श

विद्यार्थी फेल हुनुको मुख्य कारण

मंगलबार, २८ भदौ २०७३

परीक्षार्थीहरु परीक्षामा बढि अनुतिर्ण हुनुका कारण मध्ये एक महत्वपूर्ण कारण परीक्षार्थीहरुले प्रश्न पत्र राम्रो सँग नपढि र नबुझि उत्तर लेख्न खोज्नु एउटा मूख्य कारण मैले पाएको छु । विश्वविद्यालयको पाठयक्रमहरु अंग्रेजी  भाषामा तयार गरिएको छ ।

त्यस्तै स्नातक र स्नातकोत्तर विषयहरुको परीक्षामा प्रश्न पत्रहरु अंग्रेजी भाषामा नै सोध्र्ने गरिन्छ भने अर्को तर्फ प्राय धेरै जसो क्याम्पसहरुमा प्राध्यपकहरुले अध्यापन कार्य नेपाली भाषमा नै गर्ने गरेको पाइन्छ त्यस्तै ती क्यामपसका प्राध्यापकहरुले लेखेका पुस्तकहरु प्राय नेपाली भाषामा नै लेखिएकोले विद्यार्थीहरु ती नेपाली भाषामा लेखिएका पुस्तकमा नै निर्भर भएको देखिन्छ । विद्यार्थीहरुले परीक्षामा अंग्रेजी भाषामा आएको प्रश्नहरु राम्रो सँग नपढि र नबुझि विद्यार्थीहरुको उत्तर यस प्रकार लेख्न गरेको मैले  भेटाउने गरेको छु ।

Question : Prepare a Lesson plan on the topic “Personal Hygiene”.
         Ans:  Construction of Lesson plan on the topic volleyball or other game and sports.

Question :What is Health Education ?
       Ans: Meaning of Education or meaning of health.

Question : Role of Faculty of Education.
     Ans: Meaning of Education, Objective and Principle of Education.

Question :What is primary Health Care?

        Ans:  प्राथमिक उपचार

Question : Heat Stroke
      Ans: हिउले खानु

Question :Altitude Sickness
       Ans: लु लाग्नु

Question :What is Sanitation ladder?
        Ans:  सरसफाइ कार्यक्रमको नेता

Question :History of Public Health in China
   Ans: Hysteria in china

Question :What is Demography?
   Ans: Meaning of Democracy

(Source: Health Education  B.Ed. का विद्यार्थीहरुको उत्तर बाट )

यसरी प्रश्न नबुझि विद्यार्थीहरुले उल्टो जवाफ दिएर वढि अनुतिर्ण हुने गरेको पाइन्छ ।

समाधानको उपाय के ?

१) विश्वविद्यालयहरुले पठन पाठनको माध्यम अग्रेजी अनिवार्य गनु्प¥यो ।

२) यदि पठन पाठनको माध्यम अंग्रेजी अनिवार्य गर्न सकिदैन भने पाठयक्रम लगायत प्रश्न पत्रहरु अंग्रेजी र नेपाली दुवै भाषामा हुनुपर्छ ।

३) विद्यार्थीहरुले पाठयक्रममा उल्लेख भएको विषयवस्तु (Course of Content) लाई नेपाली र अंग्रजी दुवै भाषामा राम्रो सँग पढनु प¥यो ।

४) नेपाली भाषामा लेखिएका पाठयक्रम अनुसारका पुस्तकहरुको कमसेकम अरु कुराहरु नेपाली भाषामा नै पढे पनि शिर्षक र उपशिर्षक  (Topic and Sub topic) हरु नेपाली र अंग्रेजी दुवैमा जानी राख्नु प¥यो । जसको कारण अंग्रेजीमा सोधिएको प्रश्न बुझन सकिन्छ र माथिको समस्या नआउन सक्छ ।

लामो समय त्रिविमा प्राध्यापन गरेर निवृत्त भएका शर्मा, विद्यार्थी फेल हुने कारण र समाधानको अभियानमा सकृय छन् ।

प्रतिक्रिया